8 years ago
June 25, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा अष्ट्रेलियासँग १-१को बराबरी खेल्दै चिली समूहको दोश्रो स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्य लिएर मैदानमा उत्रिएका थिए। अष्ट्रेलियाले खेलको ४२औं मिनेटमा गोल गर्दै अप्रत्यासित नतिजा निकाल्ने देखिएको थियो। जेम्स ट्रोइसीले डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोलरक्षकलाई चिप गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए।
खेलको दोश्रो हाफमा केहि आक्रामक देखिएको चिलीले बराबरी गोल फर्कायो। मार्टिन रोड्रीग्वेजले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट गोल गर्दै चिलीलाई खेलमा फर्काएका थिए। अष्ट्रेलियाले त्यसपछि केहि सुनौला मौकाको सिर्जना गरेपनि त्यसको फाइदा उठाउन नसक्दा प्रतियोगिताबाट बाहिरियो।
समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको चिलीले फाइनल प्रवेशका लागि पोर्चुगलसँग खेल्नेछ।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]