default_image

8 years ago

June 25, 2017

झापाका हरि र उनको मुनाल क्लब मोह

120 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काका लागि झापा चन्द्रगढीको मुनाल क्लब एउटा समान्य क्लब मात्र होइन । उनका लागि क्लब दोस्रो घर बराबर छ । जहाँ उनको भावना जोडिएको छ । त्यहि क्लबबाट फुटबलका गुण सिकेका हरिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा नाम र दाम कमाए ।

नेपालका लागि सर्वाधिक गोल गर्ने दुई खेलाडीमध्ये हरि एक हुन् । उनले र निराजन रायमाझीले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नेपाल पुलिस क्लबमा डेढ दशकभन्दा बढी समय बिताएका हरि व्यवसायिक रुपमा पनि सफल खेलाडी हुन् । पुलिस जानुअघि एनआरटीबाट समेत खेलेका हरिले केही समय मोहन बगानमा पनि बिताएका थिए ।

तर, जति राम्रो खेलाडीले पनि बुट त एक दिन थन्काउँनै पर्छ, उनले पनि बुट थन्काएको दशक पुग्न थालिसक्यो । तर, फुटबल नशानशामा छ । भुमिका फेरिएको छ, तर फुटबलको लत बदलिएको छैन । उनी एएफसीका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । यति बेला हरि घर पुगेका छन् । उनले फुटबल सिकेको मुनाल क्लब अन्तर्गत रहेको चन्द्रगढी फुटबल एकेडेमीलाई सहयोग गर्न उनी एक महिनाको फरकमा दोस्रो पटक यहाँ आइपुगेका हुन् ।

एट्लान्टिक स्पोर्टस मेनेजमेन्टमार्फत केही महिनाअघि एसी मिलान क्याम्प चलाउने अनुभव बटुलेका हरि चन्द्रगढी एकेडेमीलाई खेल समाग्री हस्तान्तरण गर्न आइपुगेका हुन् । एट्लान्टिकका प्रबन्धक निर्देशक रहेका हरिले एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त समाग्री एकेडेमीलाई आज हस्तान्तरण गरे । जसमा ७५ जर्सी सेट, ७५ टिसर्ट र १० वटा फुटबल छन् ।

अहिले समाग्री हस्तान्तरणमा हरि निमित्त मात्रै हुन् । गत महिना उनले १८ बल, ५० वटा कोन र ३६ वटा विप्स् प्रदान गरेका थिए । तर, उनलाई त्यत्तिमा चित्त बुझेको थिएन । अझै केही न केही गर्न चाहन्थे । उनले आफ्नो चाहना बालपनका साथी भद्रपुरकै साथी पुरुषोत्तम कट्टेललाई सुनाए । एएफसीमा कार्यरत कट्टेल चन्द्रगढीको फुटबल माहौलबाट परिचित नहुने कुरै भएन । हरिमार्फत उनले पत्र मगाए र सकेको खेल समाग्री पठाए । त्यहि सामान लिएर हरि यसपटक घर फर्केका हुन् ।

‘ मुनाल क्लब गणेश राजभण्डारी, गम्भिर (राई) मामा र जर्मर्नी प्रशिक्षक होल्गर ओभरम्यान मेरो फुटबल जीवनका सबैभन्दा महत्वपूर्ण व्यक्ति र क्लब हुन्’ हरिले भने, ‘जसका कारण चन्द्रगढीको समान्य हरि हरि खड्काका परिचित हुन सके । आफ्नो क्लबलाई थोरै पनि सहयोग गर्न पाउँदा आनन्द लाग्छ । यसपटक एएफसी र पुरुषोत्तमले सहयोग गरिदिदा खुसीको सिमा छैन ।’

हरिलाई मुनाल क्लबका स्थापित गराउने गम्भिर राई, पूर्व राष्ट्रिय युगलकिशोर राई र अन्य तीन जना प्रशिक्षकले तीन महिनादेखि चन्द्रगढी फुटबल एकेडेमी सञ्चालन गरिरहेका छन् । १ सय २५ बालकलाई उनीहरुले प्रशिक्षण दिदै आएका छन् । जहाँ यू १२, यू १४ र यू १५ को उमेर समूहका बालकलाई प्रशिक्षण दिइदै आएको छ । हरि भन्छन् ‘आउने दिनमा पनि म मुनाल क्लब र चन्द्रगढी एकेडेमीका लागि सक्दो सहयोग गर्नेछु । ’

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.