default_image

7 years ago

June 25, 2017

अस्ट्रेलियामा जगजितको टोली नुवावडिङको जित

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले आइतबार एनपिएलमा विजयी भएको छ । जगजितको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको छ ।

जगजित श्रेष्ठ । फाइल तस्बिर

सनसाइन क्रस एफसी क्लबबाट दुई साताअघि नवावडिङमा पुगेपछि जगजितको त्यो तेस्रो खेल हो । उनको ‘‘डेब्यू’ खेलमा टोली विजयी भएपछि गत साता भने टोली मोरल्यान्ड सिटी एफसीसँग ३–१ ले पराजित भएको छ ।

जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा २१ अंक सहित आठौं स्थानमा छ । गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए ।

September 23, 2024

शीर्ष स्थानको एपिएफ सदूरपश्चिमसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले आज सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । महिला लिगको आजको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिम खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ । एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको […]

September 23, 2024

सिटी हारबाट जोगियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ । खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो […]

September 23, 2024

बार्सिलोनाको अपराजित यात्रा कायमै

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार छैटौं जित निकाल्ने क्रममा बार्सिलोनाले भिल्लारियलमाथि ५-१ को जित हासिल गरेको हो । भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ तथा पाब्लो टोरेले १ गोल गरे । घरेलु टोलीका लागि अयोज परेजले १ गोल गरे […]

Success

Thank you for your time.