default_image

8 years ago

June 25, 2017

पोर्चुगलको सहज जितमा रोनाल्डोको कीर्तिमान

84 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा पोर्चुगलले न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। त्यसक्रममा रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल गरेका थिए।

खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको ३३औं र आफ्नो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल थियो।यस गोलसँगै उनि युरोपियन राष्ट्रहरुमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा दोश्रो स्थानमा उक्लिएका छन्।

शीर्षस्थानमा हंगेरीका फेरेंच पुस्कासले ८४ गोल गर्दै कीर्तिमान आफ्नो नाम लेखाएका छन्। रोनाल्डोले १ सय ४२ खेलमा ७५ गोल गरेका छन्। हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका खेलाडीमा रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.