8 years ago
June 24, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा आयोजक राष्ट्र रसियालाई २-१ले पराजित गर्दै मेक्सिकोले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै मेक्सिको समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। तालिकामा ३ अंक जोडेको रसिया भने समूह चरणबाटै बाहिरिएको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा रसियाले पहिलो अग्रता लिएको थियो। एलेक्जेन्डर सामेडोभले खेलको २५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए। तर उक्त गोलको ५ मिनेट बित्न नपाउँदै मेक्सिको खेलमा फर्कियो। नेस्टर अराउजोले ३०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
दोश्रो हाफको ५२औं मिनेटमा हर्भीङ लोजानोले गोल गर्दै मेक्सिकोलाई खेलमा अग्रता दिलाएका थिए। उनले गोलरक्षक र डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए। ६८औं मिनेटमा रसियाका युरी झिर्कभले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। १० खेलाडीमा सिमित रसियाले खेलमा फर्कन नसकेपछि प्रतियोगिताबाट बाहिरियो।
यस जितसँगै मेक्सिकोले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। शीर्ष स्थानको पोर्चुगलसँग समान ७ अंक भएपनि गोलअन्तरका आधारमा मेक्सिको दोश्रो स्थानमा रहेको हो।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]