default_image

8 years ago

June 24, 2017

कसले गर्लान् यू २३ टोलीको कप्तानी ?

96 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोली कस्तो बन्ला भन्ने कौतुहलतासँगै त्यसको कप्तानी कसले गर्ला भन्ने चासो पनि त्यतिकै रहेको छ । यसै महिनाको अन्तिममा हुने यू २३ को छनोट चरण यात्राका लागि यूएइ निस्कने युवा टोली पछिल्लो सातादेखि ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा जुटेको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)को चाहना अनुसार यू २३ को तयारी हुन सकेको छैन । एक त एन्फाले पहिलो प्रस्ताव गरेको मेघराज केसीले प्रशिक्षणका लागि अस्वीकार गरे भने अर्को तीर प्रशिक्षणका लागि बोलाइएका ४० खेलाडी सबै उपस्थित भएनन् । यद्दपी, अनुभवी प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा युवा टोलीको प्रशिक्षण चलिरहेको छ ।

एन्फाले प्रारम्भिक छनोटका लागि ४० खेलाडीलाई बोलाएपनि प्रशिक्षणमा हाल २८ खेलाडी मात्र सम्मिलित छन्। प्रशिक्षक शाक्य पनि खेलाडीहरुको कमि भएकाले टोली छनोटमा केहि समस्या आउने स्वीकार्छन्। अन्तिम छनोटमा २३ खेलाडी युएईमा हुने प्रतियोगितामा सहभागिता जनाउन टोलीमा सामेल हुनेछन्।

टोलीको अन्तिम छनोट गर्न जत्ति कठिन मानिएको छ कप्तानी पनि त्यत्ति नै कठिन हुने अनुमान गरिएको छ । दुई बर्षअघि नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीको कप्तानी विराज महर्जनले गरेका थिए । तर सागमा जस्तो यू २३ च्याम्पियनसिपमा २३ वर्ष माथिका खेलाडी खेलाउन नपाउने प्रावधान रहेकाले कप्तान छनोटमा केही कठिनाई आउने अनुमान गरिएको हो ।

पछिल्लो पटक जगजित श्रेष्ठले नेपाल यू २३ टोलीको कप्तानी गरेका थिए । जगजित लगायत समकालिन धेरै खेलाडीले उमेर हदबन्दी पार गरिसकेकोले टोलीले नयाँ कप्तान पाउनेछ । उमेर समूह कप्तानी गरिसकेका अनुभवी खेलाडीमध्येबाट कप्तान छनोट हुने सम्भावना छ । ती मध्ये केही नाम तल उल्लेख छ ।

१.विमल घर्ती मगर (फरवार्ड)– विमल युवा टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । तीन बर्षअघि नेपालले उनकै कप्तानीमा घरेलु मैदानमा साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको थियो । यू १६ हुँदै १९ को कप्तानी गरिसकेका विमलले फेरी एकपटक युवा टोलीको कप्तानी पाउने सम्भावना छ । विमल राष्ट्रिय टोलीका पनि नियमित सदस्य हुन् ।

२.हेमन गुरुङ (मिडफिल्डर)– राष्ट्रिय टोलीका अर्का नियमित सदस्य हेमनसँग पनि युवा टोलीको कप्तानी गरिसकेको अनुभव छ । उनी यसअघि यू १६ ब्याचका कप्तान रहिसकेका छन् । हेमन विमलभन्दा एक ब्याच सिनियर खेलाडी हन् । सिनियर खेलाडीलाई कप्तानी दिने एन्फाको परम्परा रहेकोले उनले कप्तानी पाउने सम्भावना पनि उत्तिकै छ ।

३.अनन्त तामाङ (डिफेन्डर) – विमल जस्तै अनन्त पनि युवा टोलीका अनुभवी खेलाडी हुन् । राष्ट्रिय टोलीका समेत नियमित सदस्य रहेका अनन्त ले यू १९ टोलीले साफको उपाधि जित्दा अन्तिम समयमा कप्तानी रहेका थिए । उमेर समूहका टोलीमा उनले पटक पटक उपकप्तानको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसपटक कप्तानीको जिम्मेवारी पाउनेमध्ये उनी पनि एक हुन् ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.