default_image

8 years ago

June 24, 2017

विश्वकप विजेता आर्बेलोआको सन्न्यास

127 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड एवं लिभरपुलका पूर्वखेलाडी अल्भारो आर्बेलोआले व्यवसायिक फुटबलबाट सन्न्यास लिएका छन्। स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै सन् २०१०मा विश्वकप विजेता बनेका आर्बेलोआले गत सिजन इङ्गल्याण्डको वेष्ट ह्याम युनाइटेडबाट खेलेका थिए।

राइट ब्याक पोजिसनबाट खेल्ने आर्बेलोआले स्पेनको राष्ट्रिय टोलीबाट ५८ पटक खेल्दै एकपटक विश्वकप उपाधि र दुइपटक युरोपेली च्याम्पियनसिप जितेका छन्। आफ्नो व्यवसायिक खेलजीवनको अधिकांश समय रियल म्याड्रिडमा खेलेका आर्बेलोआले दुइपटक युरोपेली च्याम्पियन्स लिग पनि जितेका थिए। उनले स्पेनिस ला लिगाको उपाधि पनि हात पारे।

इङ्लिस क्लब लिभरपुलमा २ सिजन बिताएका आर्बेलोआले ६६ खेल खेल्दै २ गोल गरेका थिए। तर गत सिजन वेष्ट ह्याम आएपछि ४ खेलमा मात्र सहभागिता जनाएसँगै उनले सन्न्यास लिने निर्णय गरेका हुन्।

उनले आफुले खेलजीवनबाट सन्न्यास लिएपनि फुटबलबाट भने टाढा नहुने बताएका छन्। आर्बेलोआ निकट भविष्यमा व्यवस्थापनको सदस्यका रुपमा रियल म्याड्रिडमा पुन: आवद्ध हुने हल्ला रहेको छ।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.