8 years ago
June 24, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार हुने समूह ‘ए’को अन्तिम लिग खेलमा पोर्चुगलले न्युजिल्याण्डको सामना गर्दैछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फर्नान्डो सान्टोसले आजको खेलमा क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिने सम्भावना रहेको बताएका छन्।
१ जित र १ बराबरीसहित ४ अंक जोड्दै समूहको दोश्रो स्थानमा रहेको पोर्चुगललाई सेमिफाइनल पुग्न कम्तिमा १ अंकको आवश्यकता रहेको छ। फिफा वरियतामा ९५औं स्थानमा रहेको न्युजिल्याण्डले यसअघी खेलेको दुवै खेलमा पराजय भोगेको छ। तर पोर्चुगलका प्रशिक्षक सान्टोसले न्युजिल्याण्डलाई कमजोर ठान्ने गल्ति आफ्नो टोलीले नगर्ने प्रष्ट्याए। ‘न्युजिल्याण्डले मेक्सिकोसँग निकै राम्रो प्रदर्शन गरेको थियो। मौकाको फाइदा उठाएको भए नतिजा अर्कै आउन सक्थ्यो। हामी उनीहरुको क्षमताको बारेमा सचेत छौँ।’
प्रशिक्षक सान्टोसले यस खेलमा केहि खेलाडीहरुलाई विश्राम दिने जानकारी दिए। ‘हामीले ७२ घण्टाभन्दा कम विश्राम पाएका छौँ। यस्तो अवस्थामा खेलाडीहरुलाई पक्कै सजिलो हुँदैन। त्यसैले मैले सोचेर सबैलाई विश्राम दिनुपर्ने हुन्छ।’
उनले सबैजना क्रिस्टियानोको खेल हेर्न आतुर भएपनि टोलीको चाहअनुसार निर्णय लिनुपर्ने भएकाले रोनाल्डो विश्राम गर्न सक्ने बताए। ‘सबैजना रोनाल्डोको खेल हेर्न आतुर छन्, म आफैं पनि उनको खेल हेर्न चाहन्छु। तर उनलाई खेलाउने नखेलाउने बारेमा अझै निर्णय लिन सकेको छैन। टोलीमा परिवर्तन अवश्य हुनेछ।’
पोर्चुगलका लागि ७४औं गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ४१ खेल खेलिसकेका छन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]