8 years ago
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली चार स्थान घटुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल ९९ औं स्थानमा रहेको छ । गत महिना नेपाल ९५ औं स्थानमा छ ।
गत महिना नेपाली टोली मलेसियासँग खेलेका दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोमा १–१ को बराबरीमा रोकिएको थियो भने अर्को खेलमा ४–१ ले पराजित भएको थियो । तथापी, वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये दोस्रो स्थानमा छ ।
चार स्थाननै घटुवा भएको भारत फिफा वरियताको ६० औं स्थानमा छ भने दक्षिण एसियामा शीर्षस्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्र मध्ये बंगलादेश १ सय १० औं, श्रीलंका १ सय ११ औं, माल्दिभ्स १ सय १३ औं र भुटान १ सय २० औं स्थानमा छ ।
फिफा वरियतामा ९२ औं स्थान नेपाली महिला टोलीको अहिले सम्मको उच्च वरियता हो । फिफाको वेभसाइटमा उल्लेख भएअनुसार फिफा वरियतामा अमेरिका शीर्षस्थानमा छ भने जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]