8 years ago
June 24, 2017
काठमाडौँ – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण असार ३१ गतेबाट युएईमा सुरु हुँदैछ। उक्त प्रतियोगिताको तयारीमा नेपाली टोली विगत एक सातायता प्रशिक्षणमा व्यस्त छ। एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको भनेपनि हाल प्रशिक्षणमा २८ खेलाडीमात्र सहभागी भएका छन्।
प्रतियोगिता सुरु हुन केहि सातामात्र रहेको अवस्थामा प्रशिक्षणमा पर्याप्त खेलाडी नहुनाले टोलीको तयारीमा केहि असर पर्ने प्रशिक्षक राजु काजी शाक्य पनि स्वीकार्छन। “लिग नहुनाले खेलाडी पर्याप्त रुपमा उपलब्ध भएका छैनन्। राष्ट्रिय टोलीलाई पनि भविष्यमा फाइदा पुग्ने हुनाले एन्फाले उमेर समूहको प्रतियोगिताहरु गर्दा राम्रो हुने देखिन्छ। आशा गरौँ चाडैं एन्फाले यसको योजना अगाडी ल्याउनेछ।”
निकै कठिन समुहमा पारेको नेपालको विगतका नतिजाहरु सुखद रहेका छैनन्। पछिल्लो पटक नेपालले यस प्रतियोगितामा सहभागिता जनाउदा ४ खेलमध्य ४ ओटैमा पराजय भोगेको थियो। २ वर्षअघि खेलिएको उक्त प्रतियोगितामा नेपालले प्यालेस्टाइनसँग ४-०, साउदी अरेबियासँग ६-०, अफगानिस्तानसँग २-० र आयोजक इरानसँग ५-०को पराजय व्येहोरेको थियो।
यसपटकको टोलीमा हेमन गुरुङको कप्तानीमा नेपालमा आयोजित साफ यू-१६ खेलेको टोली लगायत सुलभ मास्केको कप्तानीमा यू-१९ खेलेको टोलीका खेलाडीको सहभागिता रहने आशा गरिएपनि खेलाडीहरुको अनुपस्थितिले टोलीमा समस्या बढेको छ। त्यस समयका टोलीका केहि खेलाडी विदेशीएका छन् भने केहि खेलाडी नेपालमै रहेर पनि एन्फाको नामावलीमा पर्न सकेका छैनन्।
यू२३ उमेर समूह भनिएपनि नेपाली टोलीमा बिमल घर्ति मगरको कप्तानीमा यू१९ साफ च्याम्पियनसिप विजेता टोलीको खेलाडीहरुको बाहुल्यता रहने देखिन्छ। घरेलु लिग नहुनाले खेलाडीहरु पलायन हुन थालेको र अधिकांशले नेपालमै रहेर पनि फुटबलबाट टाढिनु परेको छ। १९/२० वर्षका खेलाडीहरुमा यू२३को प्रतियोगिता खेल्दा केहि अनुभवको कमि हुने भएकाले नेपाल थप समस्यामा परेको हो।
प्रशिक्षक शाक्य आफैंपनि यसले केहि बेफाइदा हुने स्वीकार्छन्। “हाम्रो टोलीमा युवा खेलाडीको जमात ठुलो छ। विदेशमा यू२३ टोली र राष्ट्रिय टोलीमा खासै भिन्नता हुन्। हाम्रो अहिलेको टोलीमा धेरै युवा खेलाडी छन्। यो उनीहरुलाई अनुभव बटुल्न राम्रो मौका हो तर नतिजाको आशा गर्न भने कठिन हुन्छ।”
साग जितेको टोलीबाट धेरै खेलाडीले उमेर हदबन्दिका कारण उपस्थिति जनाउने छैनन्। गोलरक्षक विकेश कुथु, विशाल राई, बिक्रम लामा, बिराज महर्जन, नवयुग श्रेष्ठ, लगायतका खेलाडीहरु यस प्रतियोगितामा सहभागी हुन पाउनेछैनन्।
हाल यू२३ टोलीमा २८ खेलाडी प्रशिक्षणरत छन् जसमध्य ४ जना गोलरक्षक रहेका छन्। २३ खेलाडी सम्मिलित अन्तिम टोलीमा ३ गोलरक्षक राख्नुपर्ने प्रवाधान रहेको छ। प्रशिक्षक शाक्य टोली छनोट गर्दा थोरै खेलाडी रहेकाले वैकल्पिक खेलाडीमा खासै राम्रो स्तर फरक नदेखिनेमा चिन्तित छन्।
प्रशिक्षणमा आएका २८ खेलाडी:
गोलरक्षक: एलेन न्यौपाने, किशोर गिरि, रोमन रसाइली, अशोक बराल
डिफेन्डर: अनन्त तामाङ, गौरब बुढाथोकी, दिनेश राजबंशी, कमल श्रेष्ठ, निरज बस्नेत, लक्ष्मण जिसी, छिरिङ गुरुङ, अमित तामाङ, विश्वास श्रेष्ठ, बिबेक बस्नेत, सुमन अर्याल
मिडफिल्डर: हेमन गुरुङ, हेमन्त थापा मगर, सुनिल बल, सुमन लामा, डोना थापा, पुजन उपरकोटी, तेज तामाङ, सन्जोग राइ, मिशन लामा
फरवार्ड: बिमल घर्ति मगर, अन्जन बिष्ट, अनिल गुरुङ, सुजित गुरुङ
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]