8 years ago
June 23, 2017
एजेन्सी – एएस मोनाको एवं फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका युवा स्टार किलियन बाप्पेलाई आफ्नो क्लबमा भित्र्याउन पेरिस सेन्ट जर्मनले विश्व कीर्तिमानी १ सय १९ मिलियन पाउण्डको प्रस्ताव राखेको छ।
आर्सनल र रियल म्याड्रिडले पनि बाप्पेलाई आफ्नो क्लबमा ल्याउन चाहिरहेको अवस्थामा पिएसजीको यस प्रस्तावले दुवै युरोपेली महारथी माथि दबाव थपिएको छ। गत सिजन ४४ खेलमा २६ गोल गरेका बाप्पेले मोनाकोलाई लिग वान उपाधिसँगै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए।
यद्दपी, बाप्पेका एक नजिकका नातेदारले भने उनले आर्सनल जाने चाह देखाएको बताएका छन्। “वेंगर निकै ठुला प्रशिक्षक हुन्। उनले पहिला पनि फ्रान्सेली स्ट्राइकर थिएरी हेनरीलाई हेरेका थिए र अहिले दुवैमा समानता पाउन सकिन्छ।”
आर्सनल यो सिजन च्याम्पियन्स लिगका लागि छनोट नभएकाले भने उनि त्यहाँ जाने कुरामा ठुलो शंका रहेको छ। साथसाथै क्लबका स्टार खेलाडीहरुले पनि क्लब छाड्ने चाह देखाएकाले उनि इङल्याण्डमा आउने सम्भावना न्यून रहेको छ।
यता रियल म्याड्रिडले भने क्रिस्टियानो रोनाल्डोले क्लब छाडेमा बाप्पेलाई भित्र्याउन कुनै कसर नछाड्ने विश्लेषकहरुको बुझाई छ। कन्फेडेरेसन कपमा व्यस्त रहेका रोनाल्डोले यस प्रतियोगितापछि आफ्नो भविष्यको छिनोफानो गर्नेछन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]