8 years ago
June 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू १९ राष्ट्रिय टोलीका पूर्व खेलाडी विवेक प्रताप पन्तलाई अष्ट्रेलियाको न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिगको टोली पार्रामात्ता फुटबल क्लबले अनुबन्धित गरेको छ।
यसअघि अष्ट्रेलियाका अन्य क्लबबाट फुटबल खेलिरहेका विवेकलाई अष्ट्रेलियाको दोश्रो श्रेणीको लिगमा रहेको क्लबले रोजेको हो। उनले गत सिजन न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिग ३ मा रहेको ग्लाड्सभिल राइड म्याजिक फुटबल क्लबबाट खेलेका थिए। उक्त क्लब अहिले विवेकलाई अनुबन्धन गरेको क्लबभन्दा २ श्रेणी तल रहेको छ।
ग्लाड्सभिल क्लबबाट खेल्दा विवेक (तल्लो पंक्तिको बायाँपट्टि)
तस्बिर: विवेकको इन्स्टाग्राम
विवेकले आफु नयाँ क्लबमा अनुबन्धित हुँदा खुसी महसुस भएको बताएका छन्। अष्ट्रेलियाको यस डिभिजनमा एक क्लबले २ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने प्रावधान छ।
अर्का नेपाली खेलाडी जगजित श्रेष्ठ हाल भिक्टोरियाको नेसनल प्रिमिएर लिग २ मा खेलिरहेका छन्। जगजित खेलेको क्लब नुनावाडीङ विवेकको क्लब पार्रामात्ताभन्दा एक श्रेणी तल रहेको क्लब हो।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]