8 years ago
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका जाने भएका छन् । नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ जान लागेका हन् । उनीहरु राती ९ बजे त्यसतर्फ प्रस्थान गर्नेछन।
कन्भेन्सनका अध्यक्ष विश्व अधिकारीको निमन्त्रणामा अमेरिका जान लागेको भरतले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुन ३० देखि जुलाई २ सम्म हुने फुटबलमा यी दुई सेनाका खेलाडीले भाग लिनेछन् । सोही दौरान भरत र राजु दुवैलाई कन्भेन्सनले आफ्नो ब्रान्ड एम्बेसेडर बनाउने तयारी गरिरहेको भरतले जानकारी दिए ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]