8 years ago
June 23, 2017
एजेन्सी – प्रिमियर लिग टोली लिभरपुलले इजिप्टका स्टार मोहमद सलाहलाई इटालीयन क्लब एएस रोमाबाट कीर्तिमानी मूल्यमा अनुबन्धन गरेको छ।
चेल्सीबाट केहि वर्षअघि रोमा पुगेका २५ वर्षीय सलाहका लागि लिभरपुलले क्लवको कीर्तिमानी मूल्य खर्चिएको हो। यद्दपी क्लबले स्थानानतरण रकमबारे केहि खुलाएको छैन। इटालियन मिडियाले भने लिभरपुलले ३७ मिलियन पाउण्ड खर्चिएको बताएको छ।
‘इजिप्टका मेस्सी’को उपनामले प्रख्यात सलाह यस अनुबन्धनसँगै अहिलेसम्मकै सबैभन्दा महँगा अफ्रिकी खेलाडी पनि भएका छन्। लिभरपुलले सलाहलाई क्लबमा ल्याउन सन् २०१४ मै चासो देखाएपनि त्यतिबेला चेल्सीले ११ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।
चल्सीमा सिमित मौका पाएपछि फियोरेन्टिना पुगेका सलाह त्यसपछि रोमामा आवद्द भए। १५ मिलियन पाउण्ड तिरेर रोमाले उनलाई ल्याएको थियो। गत सिजन उत्कृष्ट प्रदर्शन गरेका सलाहले रोमालाई लिगमा दोश्रो स्थानमा पुर्याएका थिए।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]