default_image

8 years ago

June 23, 2017

जर्मनी र चिली बराबरीमा रोकिए

91 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा जर्मनी र चिलीले १-१को बराबरी खेलेका छन्। यसैगरी समूहकै अर्को खेलमा क्यमरुन र अषिट्रेलियाले पनि १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए।

खेलको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। चिलीका लागि पछिल्लो खेल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्टार विङ्गर एलेक्सिस स्यान्चेजले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यस गोलसँगै स्यान्चेज चिलीका लागि सर्वाधिक गोलकर्ताको सुचीको शीर्षस्थानमा पुगेका छन्।

तर, लार्स स्टिन्डलले ४१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले जोनास हेक्टरको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए।

यस बराबरीसँगै समूहको अंक तालिकामा चिली ४ अंक सहित षीर्षस्थानमा रहेको छ। समान अंक बोकेको जर्मनी गोलअन्तरको आधारमा पछाडी रहेर दोश्रो स्थानमा रहेको छ। क्यामरुन र अष्ट्रेलिया १/१ अंक लिएर पुछारमा छन्।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.