8 years ago
June 22, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार रातीको खेलमा अष्ट्रेलिया र क्यामरुनले १-१को बराबरी खेल्दै जारि प्रतियोगितामा खाता खोलेका छन्। समूह ‘बी’को पहिलो खेलमा पराजित दुई टोलीबीचको खेलमा दुवै हाफमा १/१ गोल भएको थियो।
क्यामरुनका आन्द्रे अंगुइस्साले खेलको ४५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछाडी परेको अष्ट्रेलियाले ६०औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो। मार्क मिलिगनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।
दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो। अंक तालिकामा दुवै टोलीले समान १/१ अंक जोडेका छन्। दुवै टोलीले अर्को चरणमा पुग्ने सम्भावना जिवितै राख्न अर्को खेलमा जित हासिल गर्नैपर्ने दबाव रहेको छ। समूहको अन्तिम खेलमा अष्ट्रेलियाले चिलीसँग खेल्दैछ भने क्यामरुनले जर्मनीको सामना गर्नेछ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]