default_image

8 years ago

June 22, 2017

जितसँगै मेक्सिको शीर्षस्थानमा

79 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार भएको समूह ‘ए’को खेलमा मेक्सिकोले न्युजिल्याण्डलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै मेक्सिकोले प्रतियोगितामा पहिलो जित हात पारेको हो।

खेलको ४२औं मिनेटमा कप्तान क्रिस वुडको गोलसँगै न्युजिल्याण्डले खेलमा अग्रता बनाएको थियो। खेलमा केहि राम्रो देखिएको मेक्सिको पहिलो हाफको अन्त्यमा एक गोलले पछाडी रहेको थियो।

तर, दोश्रो हाफको ५४औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप आक्रमक बनेको मेक्सिकोले ७३औं मिनेटमा ओरिबे पेराल्टाको गोलमा अग्रता लियो। थप गोल हुन नसकेपछि मेक्सिकोले शीर्षस्थानमा कब्जा जमायो।

यस नतिजासँगै न्युजिल्याण्ड समूह चरणबाटै बाहिरिएको छ भने अन्य तिन टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। मेक्सिको र पोर्चुगलको समान ४ अंक भएपनि धेरै गोल गरेको आधारमा मेक्सिको शीर्षस्थानमा रहेको छ। रसिया ३ अंकसहित तेश्रो स्थानमा बसेको छ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.