default_image

8 years ago

June 21, 2017

रोनाल्डोको गोलमा पोर्चुगलको पहिलो जित

74 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगलले रसियालाई १-०ले पराजित गरेको छ।

खेलको पहिलो हाफको नवौं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा थप केहि मौका सिर्जना गरेपनि पोर्चुगलले अग्रता बढाउन सकेन।

दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको रसियाले गोल भने गर्न सकेन। फरवार्ड स्मोलोभले केहि राम्रो अवसरको फाइदा उठाउन नसक्दा रसियाले बराबरी गोल गर्न असफल रह्यो। आयोजक टोली यस हारसँगै समूहको दोश्रो स्थानमा झरेको छ।

यस जितसँगै पोर्चुगल २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा उक्लिएको छ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.