8 years ago
June 21, 2017
स्पेन (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले अघिल्लो सिजन बार्सिलोना समक्ष म्यानचेस्टर सिटी जाने प्रस्ताव राखेको खुलासा भएको छ । मुन्डो डिपोर्टिभोले सार्वजनिक गरेको रिपोर्ट अनुसार मेस्सीले गत सिजन बार्सिलोना छाड्ने मनसाय बनाएका थिए ।
मेस्सीले गत सिजन बार्सिलोना छाडेर आफ्ना पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीमा खेल्ने इच्छा क्लब समक्ष राखेपनि उनको निर्णय बदल्न बार्सिलोना सफल भएको थियो ।
कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेका मेस्सी कर छलीको अभियोगमा परेपछि नयाँ अनुभवका लागि इङ्लिस प्रिमियर लिगमा खेल्ने निर्णय गरेपनि बार्सिलोनाले आफ्ना मुख्य खेलाडीलाई फुत्किन दिएन । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टामोउ र उपाध्यक्ष जोर्डी मेस्ट्रे दुवै जना मायामी पुगेर मेस्सीका पितासँग नयाँ सम्झौताको बारेमा निष्कर्षमा पुगेका थिए । त्यस्तै बार्सिलोनाले बार्सिलोना छाड्ने विचार परिवर्तन गर्न मेस्सीका निकट रहेका लुइस स्वारेजको पनि मद्दत लिएको थियो ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]