8 years ago
June 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी असार ३१ गतेदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिप छनोट चरणका लागि नेपाली यू२३ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा राजु काजी शाक्यले पाएका छन्।
यसअघी एन्फाले प्रशिक्षक मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने भनेपनि समयअभावको कारणले उनले जिम्मेवारी नलिने निर्णय गरेका थिए। उनको अनुपस्थितिमा प्रशिक्षक शाक्यले टोलीको जिम्मेवारी लिने भएका हुन्।
शाक्यकै प्रशिक्षक्त्वमा नेपालले सन् २०१६को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो। टोलीले गत शुक्रबार देखिनै प्रशिक्षण सुरु गरिसकेको छ। टोलीको सहायक प्रशिक्षकमा प्रकाश अर्याल रहेका छन् भने गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र तोकिएका छन्।
शाक्य हाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि हुन्। टोलीले एएफसी सोलिडारिटी कपको उपाधि जित्दा उनि टोलीका सदस्य थिए।
नेपालको समूहमा आयोजक युएई, उज्बेकिस्तान र लेबनान रहेका छन्।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]