default_image

9 years ago

November 6, 2015

बेकह्यामको नेपालमा एक दिन: सफा टेम्पो चलाउने देखि फुटबल खेल्नेसम्म

108 views

0 Bookmark

विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे|

IMG_9909

युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर उनले सफा टेम्पो चलाउदै भक्तपुर दरबार स्क्वाएर स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सरिक भए| उनलाई त्यहाँ टिका र भादगाउँले टोपीले स्वागत गरिएको थियो| डेविडले केहि समय विद्यार्थीसंग टेबल टेनिस पनि खेलेका थिए|

विमानस्थलमा करिब २५० समर्थक जम्मा भएकोमा भक्तपुर पुग्दा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति थियो| भिडलाई व्यवस्थित पार्न सुरक्षा व्यवस्था कडा भएतापनि हम्मे हम्मे परेको थियो| विद्यालयको कार्येक्रम सकियेलगतै उनि तौमडी स्थित न्यातपोल मन्दिरको परिसरमा  पुगे| त्यहाँ उनले बाक्लो सुरक्षा घेराकाबीच पद्म्म माविका विधार्थीसँग फुटबल खेले । युनिसेफको सेभेन अन्तर्गत ७ दिनमा ७ भिन्न देशहरुमा फुटबल खेलेको छायाकंन गर्ने सिलसिलामा बेकह्याम नेपाल आएका हुन् । बेकह्यामलाई हेर्न हजारौं सर्वसाधारण भक्तपुर दरबार स्क्वार पुगेका थिए । सेभेन -अ-साइड फर्म्याटमा खेलिएको खेलमा पद्म स्कुलकै बच्चाहरुले भाग लिएका थिए| दुवै टोलीमा छात्र र छात्रा समावेश गरिएका थिए|

बेकह्याम सातओटा महादेशमा सात खेल खेल्ने लक्ष्य लिएर युनिसेफ र बि.बि.सी.को सहकार्यमा वृतचित्र बनाउदैं छन्| नेपालले एसियालाई प्रतिनिधित्व गर्दै छ भने यस अघि पपुवा न्यु गिनिमा बेकह्यामले खेल खेलिसकेका छन्|

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.