default_image

8 years ago

June 20, 2017

रुस्लान थ्री स्टार र एन्फाबीच सहमति बन्यो

68 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं  – रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच क्षतिपूर्तिका विषयमा सहमति बनेपनि अन्य प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा दुवै पक्ष राजी भएका छन् । आइतबार नै दुईबीचबीच सहमति बन्ने सम्भावना रहेको बताइएपनि विभिन्न कारणले अन्तिम टुंगोमा पुग्न आजसम्म लागेको थियो ।

एन्फाले र थ्री स्टारबीच क्षतिपूर्ति रकम अहिले सार्वजनिक नगर्ने सहमति बनेको छ । कानुनी सल्हाहकारको राय सुझावका आधारमा एन्फाले कसरी क्षतिपूर्ति कसरी दिने भन्ने तय हुनेछ । एन्फा र थ्री स्टारबीच यसअघि नै १ करोड ५० लाख रुपैयाँमा सहमति बन्ने सम्भावना थियो । ‘पहिला छलफल भएकै रकम वरिपरि सहमति बनेको छ,’ बैठकमा रहेका एक पदाधिकारीले भने,‘त्यो बाहेक एन्फाले थ्री स्टारलाई २ देखि ३ वटा अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि व्यवस्था गर्नेछ ।’

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले क्षतिपूर्तिका विषयमा सहमति बनेको र केही प्रक्रिया पुरा गरेर अघि बढ्ने बताएका छन् । रकम भने उनले खुलाएनन् । उनले भने ‘सबै प्रक्रिया पुरा भएपछि पर्सीसम्ममा सबै सहमति सार्वजनिक गर्नेछौं ।’

एन्फाको गल्तिका कारण पहिलो चरण छनोट भएर पनि थ्री स्टारले गत बर्ष पुसमा एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै खेलकुदका सम्बन्धित सबै निकायमा उजुरी दर्ता गराएको थियो । क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना कुनै पनि प्रतियोगितामा भाग नलिने भन्दै थ्री स्टारले बहिष्कार गर्दै आएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले एएफसी कपमा थ्री स्टारको सहभागिाका लागि चार पटक सम्म पत्र पठाएको थियो । तर, एन्फाले कुनै जानकारी नदिएपछि थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो ।

थ्री स्टार पनि कम रकम क्षतिपूर्ति लिएर पनि फुटबलमा फर्कन इच्छुक देखिएको छ भने एन्फा पनि थ्री स्टारको माग सम्बोधन गर्नेमा सकारात्मक देखिएकोले दुई पक्षबीच केही दिन यता पटक पटक पटक छलफल भएको थियो ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.