8 years ago
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलका लागि अझै प्रशिक्षकको टुङ्गो लागेको छैन।
एन्फाले मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने बताएपनि समयअभावका कारण देखाउँदै प्रशिक्षक केसीले टोलीको प्रशिक्षणको जिम्मेवारी नलिने भएका छन्। हिजोमात्र जापानबाट जेएफए इन्स्ट्रकटर कोर्ष गरेर नेपाल आइपुगेका केसीले आज एन्फामा बसेको मिटिङमा आफुले टोलीलाई समय दिन नसक्ने बताएका थिए। उनको अनुपस्थितिमा राजु काजी शाक्यले टोलीको प्रशिक्षणमा सहयोग गर्दै आएका थिए।
एन्फाका सीइओ इन्द्रमान तुलाधरले प्रशिक्षक केसी उपलब्ध नहुने भएपछि अब प्रशिक्षणको जिम्मेवारी राजु काजी शाक्यलाई नै प्रशिक्षणको जिम्मा लिन आग्रह गर्ने बताए। यदि प्रशिक्षक शाक्यले पछि हटेको खण्डमा भने राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीलाई यू-२३को टोली हेर्ने जिम्मा दिइने तुलाधरले जानकारी दिए।
यू-२३ टोलीका लागि ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाइएको छ। सहायक प्रशिक्षकका रुपमा प्रकाश अर्यालले जिम्मेवारी सम्हाल्नेछन् भने टोलीका व्यवस्थापक एन्फाका सहायक महासचिव संजिव मिश्र रहनेछन्।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]