default_image

8 years ago

June 20, 2017

रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप

74 views

0 Bookmark

स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्। 

पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त समयमा जोसेले उक्त समयमा आफ्नो ईमेज राईटको रकम अबैध फाइदाको लागि नखुलाएको बताए।

स्पेनमा लगातार फूटबलका ठुला नामहरु कर छलीको मुद्दा खेपी रहेका छन्। मिडियामा आफु माथिको आरोप इन्कार गर्दै आएका रोनाल्डोलाई अदालतमा स्पष्टिकरणको लागि जुलाई ३१मा बोलाएको छ।

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

Success

Thank you for your time.