default_image

8 years ago

June 20, 2017

मोड्रीचलाई ५ वर्षसम्म जेल सजाय हुने

73 views

0 Bookmark

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार मिडफिल्डर लुका मोड्रीचलाई अदालतमा बयान दिंदा झुटो बोलेको आरोपमा क्रोएसिया सरकारी वकिलको कार्यालयले छानबिन गर्दैछ। यदि उनले झुटो बोलेको प्रमाणित भएमा ६ महिना देखि ५ वर्षसम्म जेल सजाय काट्नुपर्ने नियम रहेको छ।

क्रोएसिया फुटबल संघको पुर्व उपाध्यक्ष एवं डिनामो जाग्रेब क्लबका पुर्व सीइओ ड्राभ्को मामिचलाई लागेको कर छली र ठगिको मुद्दामा मोड्रीचले साक्षी बसेर झुटो बयान दिएको आरोप लागेको छ। मामिचलाई सन् २००८मा मोड्रीच जाग्रेबबाट टोटेनहम हट्स्पर जाँदा क्लबले पाउनुपर्ने रकम आफैंले राखेको आरोप पनि लागेको छ।

जाग्रेबसँग मोड्रीचको अनुबन्धनमा खेलाडीको स्थानान्तरण रकम क्लब र खेलाडीले आधा बाँड्ने उल्लेख गरिएको थियो। तर मामिच सीइओ भएको बेलामा गरिएको उक्त अनुबन्धन शर्त मोड्रीच टोटेनहम जाने पक्का भएपछि मात्र गरिएको अभियोग लगाउने वकिलले दाबी गरेका छन। वकिलका अनुसार उक्त शर्त पछि थपेर पुरानो मिति राख्ने काम भएको थियो।

सुरुवाती बयानमा मोड्रीचले उक्त अनुबन्धन पछि भएको मानेपनि अदालतमा बयान दिंदा भने आफ्नो कुरा फेरेका थिए। उनले अदालतमा आफुले भ्रमित भएर प्रारम्भिक बयान दिएको बताएका थिए। यसै मुद्दालाई लिएर सरकरी वकिल कार्यालयले मोड्रीच माथि झुटो बोलेको आरोपमा छानबिन गर्न लागेको हो।

यदि मोड्रीचलाई अदालतले दोषी ठहर्याएर जेल सजाय दिएको खण्डमा क्रोएसिया को विश्वकप २०१८मा छनोट हुने र रियल म्याड्रिडको ला लिगा र च्याम्पियन्स लिग रक्षा गर्ने लक्ष्यमा ठुलो धक्का लाग्नेछ।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.