8 years ago
June 19, 2017
एजेन्सी – रसियामा जारि फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ले पराजित गर्दै समूह ‘बी’को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ।
खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो। टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए। खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले बक्सभित्र फल हानेपछि जर्मनीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई कप्तान जुलियन ड्रयाक्स्लरले गोलमा परिणत गर्दै जर्मनीलाई खेलमा पुन: अग्रता दिलाएका थिए।
दोश्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए। तर पहिलो हाफको तुलनामा दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको अष्ट्रेलियाले खेलमा फर्कने लक्षण देखायो। ५८औं मिनेटमा टमी ज्युरीचले गोल गर्दै खेललाई ३-२को स्थितिमा पुर्याएका थिए। खेलको ७५औं मिनेटमा जर्मनीका टिमो वेर्नरले हानेको प्रहार पोष्टमा लगेर फर्किएपछि जर्मनीले अग्रता बढाउने मौका गुमाएको थियो।
आइतबार भएको समूहको पहिलो खेलमा चिलीले क्यामरुनलाई २-०ले पराजित गरेको थियो। चिली समुहको शीर्ष स्थानमा छ भने जर्मनी दोश्रो स्थानमा रहेको छ।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]