default_image

8 years ago

June 19, 2017

फुटबलमा ‘ट्रान्सफर’ कसरी हुन्छ ?

104 views

0 Bookmark

एजेन्सी – फुटबलमा सिजनको समाप्तिसँगै सुरु हुने ‘ट्रान्सफर विन्डो’ ले अहिले क्लब विश्व फुटबलको माहोल तातेको छ। केहि क्लबहरुले खेलाडीहरु भित्र्याई सकेका छन् भने केहि प्रक्रियामा छन्। फुटबलका समर्थकहरु भने खेलाडीसँग आफ्नो क्लब जोडिएको समाचारमा रमाउदै छन् भने कतिपय खेलाडीहरु नयाँ क्लब र नयाँ चुनौतीको खोजिमा छन् ।

ronaldinho

कतिपय फुटबल प्रेमीहरु ट्रान्सफर हुने प्रक्रियाका बारेमा अनभिज्ञ छन्। ट्रान्सफरको सुरु देखि कुनै खेलाडी नयाँ क्लबमा पुग्दासम्म मुख्यतः चार प्रक्रिया पार गर्छन ।

स्काउटिङ:
खेलाडी छनोटमा स्काउटको मुख्य भूमिका हुन्छ । धेरै जसो ‘हाइ प्रोफाइल’ लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु स्वतः म्यानेजरको नजरमा पर्दछन । तर प्राय सम्भावना बोकेका खेलाडीको खोजी स्काउटले गर्छन । उदाहरणका लागि लुइस स्वारेज लिभरपुलबाट बार्सिलोना जादा उनि एक प्रमाणित खेलाडी थिए । तर लेस्टर सिटीलाई २०१५-१६ मा प्रिमियर लिगको उपाधि जिताउँदै क्लबका लागि सिजन भर १८ गोल गरेका रियाद माहरेज सन् २०१४ मा फ्रान्सको दोस्रो डिभिजनको ले हार्भेबाट लेस्टर आएका हुन् । माहरेज जस्ता प्रतिभाको खोजि गर्न स्काउटको मुख्य भूमिका हुन्छ ।

युरोपका मुख्य क्लबहरुमा प्राय १० देखि १२ स्काउट हुने गर्दछन । तीमध्ये ‘हेड स्काउट’ को प्रशिक्षकसँग निकट हुने गर्दछन् । एक परिपक्व प्रशिक्षकलाई सफल बन्न राम्रो स्काउटको मद्दतको खाँचो रहन्छ।

सोधपुछ:
कुनै क्लबले खेलाडी पहिचान गरेपछिको अर्को चरणमा त्यस खेलाडीको बारेमा विस्तृत जानकारी तयार गर्दछ । म्यानेजरले खेलाडीको एजेन्टलाई सम्पर्क गर्दछन र खेलाडीको बारेमा जानकारी लिने गर्दछन । प्राय सोधपुछमा निम्नानुसारका प्रश्न सोधिने गर्दछ ।

१. खेलाडी खरिद गर्न कति खर्चिन पर्दछ ?
२. खेलाडीको सम्झौतामा कति समय अवधि बाकि छ ?
३. खेलाडीले कति तलबको अपेक्षा गर्नेछ ?
४. खेलाडी हाल कति तलबमा आबद्ध छ ?
५. खेलाडीको पारीवारिक अवस्था कस्तो छ ?

खेलाडी किन्ने प्रयासमा क्लबहरुले उनीहरुको खेल र लोकप्रियताको आधारमा भाउ लगाउछन् । धेरै जसो अवस्थामा पहिलो बोलि हरेक पटक अस्वीकार हुन्छ । त्यसमा सुधारिदै गएपछि दुई टोली सम्झौतामा पुग्दछन ।

खेलाडीहरुसँगको सम्झौता:
पुरानो र नयाँ क्लब बीच स्थानान्तरण रकम सहितको सम्झौता मिलेपनि कतिपय ट्रान्सफर बीचमा बिथोलिने गर्दछ। खेलाडीसँग नयाँ क्लबले सम्झौता गरेर दुवै पक्षको माग पुरा भइ दुइपक्ष सम्झौतामा आउन आवश्यक हुने गर्दछ। प्रशिक्षकले खेलाडीसँग फुटबलको बारे छलफल गर्छन भने क्लबको बोर्डमा रहेका व्यक्तिले पैसाको कुरा मिलाउछन ।

खेलाडीसँगको सम्झौता केवल साप्ताहिक तलबको लागिमात्र हुन्न । गोलको बोनस, जीतको बोनस लगायत अन्य थुप्रै परिच्छेदको बारेमा सम्झौता हुन्छ। खेलाडीहरुले क्लबमा आफ्नो भूमिकाको बारेमा प्रश्न पनि गर्दछन । कतिपय पैसाकोलागि सम्झौतामा आउदछन् भने  केहि क्लबमा नियमित खेल समयको लागि आउने गर्दछन् ।

बिभिन्न ‘क्लज’ र अन्तिम सम्झौता:
खेलाडीसँगको सम्झौतामा बिभिन्न शर्तहरु राखिएको हुनेगर्दछ । ट्रान्सफरमा धेरै सुनिने शर्तहरु मध्ये एक ‘रिलिज क्लज’ पनि हो । रिलिज क्लजले खेलाडी, क्लब वा दुवै पक्षको हितको लागि काम गर्दछ। बार्सिलोनामा रहदा पेड्रोको रिलिज क्लज १३५ मिलियन पाउण्ड थियो भने हाल चेल्सीमा २२ मिलियन पाउण्ड छ ।

रिलिज क्लज बाहेकका अन्य शर्तहरु कतिपय अजीब र आश्चर्यजनक पनि हुने गर्छन । स्विडेनका मिडफिल्डर स्टेफेन स्वार्ज सन्डरल्यान्डसँग आबद्ध हुदा उनलाई अन्तरिक्षमा नजाने शर्त लगाइएको थियो । स्वार्ज अमेरिकी अन्तरिक्ष यात्री बज अल्ड्रीनको प्रशंसक भएको र उनले अन्तरिक्षमा यात्रा गर्न चाहना राखेको कारण क्लबले उनको सुरक्षालाई ध्यान दिदै उक्त शर्त लगाएको थियो । त्यस्तै सन् २००० मा निल रुडक क्रिस्टल प्यालेससँग आबद्ध हुँदा उनिसँगको सम्झौतामा तौल घटाउनु पर्ने शर्त लागु रहेको थियो ।

खेलाडीसँगको शर्त र अन्य प्रकरण पुरा भएपछि खेलाडीको स्वास्थ्य परीक्षण गरिन्छ। खेलाडीहरुमा गोप्य अथवा लुकाइएको रोग भए क्लबको करोडौं रुपैयाँ खेर जाने भएकोले कुनै क्लबले नयाँ खेलाडीलाई आफुसँग अनुबन्धन गर्नुअघि स्वास्थ्य परिक्षण गर्ने गर्दछन । सन् २०१४मा स्वास्थ्य परीक्षणबाट लिभरपुलसँग आबद्ध नभएका लोइक रेमी पछि चेल्सीसँग जोडिएका थिए । तर स्वस्थ परीक्षणमा अनुकुल नतिजा नआएपनि कतिपय क्लबले खेलाडी खरिद गर्ने गर्दछ । सन् २००० मा येस्तौ अवस्थामा डोमिनिक म्याटियो लिभरपुलबाट लिड्स युनाइटेडमा ट्रान्सफर भएका थिए । यस्तो अवस्थमा खेलाडी घाइते भएको अवस्थामा क्लबले तलब नदिने शर्त राखिएको घटना प्रसस्त छन्

सकुसल मेडिकल पछि सम्पूर्ण कागजातहरु पूरा गरेर अन्त्यमा आफ्नो वेबसाइट, पत्रपत्रिका र सामाजिक सञ्जालमा क्लबले नयाँ खेलाडीलाई स्वागत गर्दै सम्झौता सार्वजनिक गर्दछ ।

स्काई स्पोर्ट्समा प्रकाशित लेखको सहयोगमा

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.