default_image

8 years ago

June 19, 2017

डुस्को तोसिच: रोनाल्डो र मेस्सी बेसिक्टासको टिममा पर्न सक्दैनन्

79 views

0 Bookmark

बेसिक्टास (एजेन्सी)- सर्बियाका ३२ बर्षीय रक्षक डुस्को तोसिचले पछिल्लो अन्तर्वार्तामा रोनाल्डो र मेस्सी टर्किस च्याम्पियन बेसिक्टासको टिममा स्थान बनाउन नसक्ने बताएका छन्। टर्किस मिडियाहरुमा रोनाल्डो टर्की आउनसक्ने हल्ला चलिरहेको छ।

बेसिक्टासका रक्षक तोसिचले आफ्नो टोलीको सन्तुलन एकदमै राम्रो रहेको तथा मेस्सी र रोनाल्डोसंग आफ्नो टोलिका कोहि साथीसंग स्थान साट्न नमिल्ने बताए। तोसिचले आफु रोनाल्डोको खेल हेरेर कहिले पनि सन्तुष्ट नभएको जिकिर गरे।

एक आपसमा ९ पल्ट विश्वको उत्कृष्ट खेलाडीको उपाधि साटेका रोनाल्डो र मेस्सीका बारेमा बोल्दै तोसिचले भने,” म रोनाल्डो र मेस्सीका लागि आफ्नो टोलिका कुनै खेलाडी साट्न तयार हुन्न। म आफ्नो टोलि र टोलिका सबै साथीहरुलाई निकै माया गर्छु।” उनले थपे,” मैले  रोनाल्डोको बिपक्षी भएर खेलीसकेको छु र उनले खेलमा खासै फरक पार्न सकेनन्। खेलमा रोनाल्डोले आफु खेल मैदानमा छु भनेर बिर्सेको जस्तो देखिन्थ्यो।”

बेसिक्टासको फरवार्ड लाइनमा रायन बाबेल, रिकार्डो क्वारेसमा, केन्क टोसुन र भिसेन्ट अबोउवाकर खेल्छन।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.