default_image

8 years ago

June 19, 2017

रोनाल्डो पूर्व क्लब युनाइटेड फर्केलान्?

67 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो यहि समरमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्कन इच्छुक रहेको चर्चा सुरु भएको छ । रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले स्पेन छोड्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ । युनाइेडप्रति उनी भावनात्मक रुपमा नजिक भएकाले पनि उनी पुरानै क्लबमा फर्कने सम्भवना बढी रहेको बताइएको छ ।

युनाइडेले सन् २००९ मा रोनाल्डोलाई ८० मिलियन पाउन्डमा रियललाई बचेको थियो । बीचमा एकपटक युनाइटेडले रोनाल्डोलाई फर्काउने प्रयास पनि गरेको थियो । तर, त्यो समय उनी रियलमै रहन चाहेकोले सरुवाको चर्चा सेलाएको थियो ।

रोनाल्डोका सल्लाहकारले पनि उनलाई स्पेन बाहिरको क्लबमा जान उपयुक्त हुने सल्लाह दिएका बताइएको छ ।१३ मिलियन पाउन्ड कर छली गरेको भन्ने मुद्दा खेपिरहेका कारण र त्यसमा क्लबले कम चासो दिएकाले पनि रोनाल्डो रियलसँग खुसी नरहेको बताइएको छ । यद्दपी, रोनाल्डालाई किन्न विश्वका थोरै क्लबमात्र सक्षम छन् ।

पेरिस सेन्ट जर्मेन पनि उनीसँग लामो सम्झौताका लागि इच्छुक देखिएको छ । एसी मिलानका नयाँ चिनियाँ मालिकले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेससँगको सम्पर्कमा रहेको बताइएको छ । चीन पनि रोनाल्डोका लागि एउटा विकल्प हुन सक्छ , जहाँ मिड सिजनको सरुवा बजार आज सुरु हुँदैछ । तर, ३२ बर्षे सुपरस्टार युरोपकै कुनै क्लबमा बढी इच्छुक रहने विश्वास गरिएको छ ।

यी सब चर्चाका बीच पनि रियलले रोनाल्डोलाई क्लबमै राख्नका लागि सबै खाले प्रयास गर्नेछ । यद्दपी उनलाई छोड्न क्लब तयार भएमा युनाइटेड त्यस्तो एउटा क्लब हो जहाँ रोनाल्डो जान चाहन्छन् ।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.