default_image

8 years ago

June 18, 2017

पोर्चुगल मेक्सिकोसँग बराबरीमा रोकियो

101 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत भएको समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका छन्। खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नु परेको हो।

पहिलो हाफको ३६औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। तर जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी गोल फर्काएका थिए। पहिलो हाफमा थप गोल हुन नसकेपछि खेल बराबरीमा रोकियो।

दोश्रो हाफमा पाएको अवसरहरु सदुपयोग गर्न नसक्दा खेल बराबरीतर्फ लम्केको अवस्थामा सेड्रिक सोआरेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। उनले जेल्सन मार्टिन्सको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। खेलको दोश्रो हाफको इन्ज्युरी समयमा फ्रिकिकबाट आएको क्रसमा हेडर मार्फत गोल गर्दै हेक्टर मोरेनोले खेल पुन: बराबरीमा ल्याएका थिए।

यसअघि खेलको पहिलो हाफको दौरानमा पोर्चुगलको गोल भिडियो रिप्लेको आधारमा फिर्ता लिइएको थियो। रोनाल्डोको फ्रिकिकमा फर्केर आएको बलमा पेपेले गरेको गोल रेफ्रीले मानेपनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए।

बराबरीसँगै दुवै टोलि १/१ अंक लिएर दोश्रो स्थानमा रहेका छन्। पहिलो खेलमा रसियाले न्युजिल्याण्डलाई २-०ले पराजित गर्दै समुहको शीर्ष स्थानमा रहेको छ।

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.