8 years ago
June 18, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरुले गठन गरेको बार्सा नेपालले आज पोखरामा सरसफाई कार्यक्रम गरेको छ । ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन, समाज सुधारमा बार्सा नेपाल पोखराको अभियान’ भन्ने मूल नारा तय गर्दै सामाजिक कार्यको थालनी गरेको बार्सा नेपालले पोखराको चिप्लेढुंगा र त्यस आसपासका क्षेत्र सरसफाई गरेको थियो ।
मानवाधिकार चोकबाट सुरू गरिएको सरसफाइ चिप्लेढुंगा, महेन्द्र पुल हँदै नयाँबजारमा पुगेर टुंगिएको थियो । सरसफाई कार्यक्रममा बार्सा नेपाल पोखराका ३५ सदस्यको सहभागिता थियो ।
पोखरा लेखनाथ महानगरपालिकाले अभियानलाई सघाउन निम्ति डोको, कुचो, बेल्चालगायतका आवश्यक सामाग्री तथा पोखरा रामघाट अवस्थित दिपु फार्मेसीले माक्स र पञ्जा सहयोग गरेको थियो । सरसफाई कार्यक्रममा स्थानिय बासिन्दाले पनि साथ दिएका थिए । बार्सा नेपालले पोखराको सरसफाइका लागि आउने दिनमा पनि काम गर्ने जनाएको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]