8 years ago
June 18, 2017
एजेन्सी – बार्सिलोनाका स्टार फरवार्डद्वय लिओनेल मेस्सी र लुइस सुआरेज हाल आफ्नो छुट्टि मनाउन स्पेनको इबिजामा रहेका छन्। बार्सिलोनाका पूर्व खेलाडी सेस फब्रिगास पनि छुट्टिमा मेस्सी र सुआरेजसँगै घुम्दै छन्।
आ-आफ्नो परिवारसँग इबिजाको बिचमा रमाउंदै गरेका खेलाडीहरु यसै महिनाको अन्त्यमा लिओनेल मेस्सीको विवाहमा सरिक हुँदैछन्। मेस्सीले प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग जुन ३०को दिन विवाह गर्ने भएका छन्। विवाह अघि छुट्टिमा मेस्सीसँग रोक्कुज्जो र उनीहरुको २ सन्तान पनि रहेका छन्।
यसैक्रममा छुट्टीमा रहेका खेलाडीहरुले इबिजाको क्लब रेष्टुरेन्ट कबारेटनामक रेष्टुरेन्टमा खाएको खानाको बिल इन्टरनेटमा भाइरल भएको छ। कुल ३७ हजार ३ सय ३० युरो उठेको बिलमा ६ हजार ४ सय ७८ युरो कर जोडिएको छ।
२७ पिज्जाको ६ सय २१ युरो, ७ बर्गरको १ सय १२ युरो, ४ फलफुल बास्केटको १ हजार युरो रहेको छ भने सबैभन्दा बढी ४१ ओटा स्याम्पेनको २४ हजार ६ सय युरो तिरेका छन्। उक्त खानाको बिल मेस्सी आफैंले तिरेका थिए।
सुआरेज, मेस्सी र फब्रिगास निकै मिल्ने साथिहरु हुन्। बार्सिलोना छाडेपनि फब्रिगासको खेलाडीहरुसँग राम्रो सम्बन्ध रहँदै आएको छ। मेस्सीले आफ्नो विवाहमा क्लबका केहि पूर्वखेलाडीहरुलाई पनि निम्तो दिएका छन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]