default_image

8 years ago

June 17, 2017

रोनाल्डोले रियल छाड्न चाहनुको मुख्य कारणहरु

83 views

0 Bookmark

स्पेन (एजेन्सी) – रोनाल्डोले रियल छाड्न चाहेको कुरा एका-एक चर्चामा आउदा बिभिन्न विश्लेषकहरुले बिभिन्न तर्क प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा निकै चासोको बिषय बनेको रोनाल्डोको मुद्धा प्रति सबैले आ-आफ्नो धारणा ब्यक्त गरेका छन् ।

ronaldo

रोनाल्डोले रियल छाडेर कुन क्लबसँग आबद्ध हुने हो भन्ने सबैको चिन्ता र चासोको बिषय त छदै छ । रोनाल्डोलाई भित्राउन सक्ने क्लबहरु थोरै मात्र होलान , क्लबहरुको सुची यहाँ हेर्न सक्नु हुनेछ । त्यस्तै रोनाल्डोले क्लब छाड्न चाहनुको थुप्रै कारणहरु अघि सरेका छन् । बिभिन्न अन्तराष्ट्रिय मिडियाहरुको तर्क सम्पादन गरेर बनाइएको एक रिपोर्ट :

कारण १ : ट्याक्स छलि प्रकरणबाट चित्त दुखाउनु : रोनाल्डोमाथि १४ मिलियन भन्दा बढीको कर छलीको आरोप लाग्दा उनि आफु निर्दोष रहेको ढिपीमाथि अडिक छन् । उनीमाथि गलत आलोचना लगाइएको कारण रिस र चित्त दुखाउदै रियल छाड्ने निर्णय गरेको हुन सक्ने ।

कारण २ : मिडियाको प्रेसर : कतिपय स्पेनिस मिडियाहरुले वास्तविकता नजान्दै उनलाई दोषी साबित गरिसके । अदालतको निर्णय साबित हुनु अघि उनलाई मिडियाले प्रेसर दिएको कारण क्लब छाड्ने निर्णय गरेको हुन सक्ने ।

कारण ३ : क्लबबाट न्यून समर्थन : रोनाल्डो यतिको ठूलो मुद्धामा मुछिदा पनि क्लबको तर्फबाट उचित समर्थन नपाएको कारण ।

कारण ४ : नयाँ क्लबको खोजीमा : करिब ८ बर्षभन्दा लामो रियलको करियरपछि नयाँ चुनौतीको खोजीमा रियल छाड्ने निर्णय गरेको हुन सक्ने ।

कारण ५ : न्याय निकायबाट अन्याय भएकोमा : आफु चर्चित भएका कारण स्पेनिस न्याय निकायले आफूमाथि अनावश्यक ध्यान दिदै अन्याय गरेको अनुभव गरेकाले ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.