default_image

8 years ago

June 17, 2017

कन्फेडेरेसन कप आजबाट सुरु हुँदै

87 views

0 Bookmark

एजेन्सी – फिफाले चार वर्षको अन्तरमा आयोजना गर्दै आएको फिफा कन्फेडेरेसन कप आजबाट सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा कुल १६ खेल खेलिनेछ।

सहभागी ८ टोलीलाई २ समूहमा बिभाजन गरेर लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता संचालन हुनेछ प्रतियोगिताको समूह ‘ए’मा आयोजक रसियासँगै मेक्सिको, पोर्चुगल र न्युजिल्याण्ड रहेका छन् भने समूह ‘बी’मा जर्मनी, चिली, क्यामरुन र अष्ट्रेलिया छन्।

शनिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले न्युजिल्याण्डको सामना गर्दैछ। समूहका शीर्ष २ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगितामा तेश्रो स्थानको खेल पनि हुनेछ।

यस प्रतियोगितालाई विश्वकपको वार्म अप प्रतियोगिताको रुपमा हेरिंदै आएको छ। रसियाले सन् २०१८मा फिफा विश्वकप आयोजना गर्दैछ।

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका हेर्न यहाँ थिच्नुहोस्

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.