8 years ago
June 17, 2017
एजेन्सी – ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने फिफा कन्फेडेरेसन कप २०१७ रसियाको सोचिमा हुँदैछ। शनिबारबाट सुरु हुने यस प्रतियोगितामा पोर्चुगल युरो कप विजेताको हैसियतले सहभागी हुँदैछ।
प्रशिक्षक फर्नान्डो सान्टोसले रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी रेनाटो स्यान्चेस परेनन्।
पोर्चुगलको टोलीमा नानी, पेपे, रिकार्डो करेज्मा, जोआओ मौटिन्हो, ब्रुनो आल्भेस, रुइ प्याट्रीसियो, लगायतका सिनियर खेलाडीको पनि उपस्थिति रहनेछ। बार्सिलोनाका आन्द्रे गोमेस र मोनाकोका बर्नार्डो सिल्भा पनि टोलीमा अटाएका छन्।
समूह ‘ए’मा रहेको पोर्चुगलले आयोजक रसियासँगै मेक्सिको र न्युजील्याण्डको सामना गर्नेछ।
पूर्ण टोली:
गोलरक्षक: बेटो, जोसे सा, रुइ प्याट्रीसियो
डिफेन्डर: ब्रुनो आल्भेस, सेड्रिक सोआरेस, एलिसेउ, जोसे फोन्ट, लुइस नेटो, नेल्सन सेमेडो, पेपे, राफेल गुरेरो
मिडफिल्डर: एड्रीएन सिल्भा, आन्द्रे गोमेस, ड्यानिलो परेरा, जोआओ मौटिन्हो, पिज्जी, विलियम कार्भाल्हो
फरवार्ड: आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, जेल्सन मार्टिन्स, नानी, रिकार्डो करेज्मा
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]