8 years ago
June 17, 2017
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्ने निर्णय लिएसँगै उनको अर्को गन्तव्य कहाँ हुनेछ भन्ने विश्व फुटबलमै चर्चाको विषय बनेको छ। रोनाल्डोले रियल छाड्ने निर्णय लिएपनि उनलाई खरिद गर्ने क्लबले म्याड्रिडले चाहेजति रकम नतिरेसम्म उनले क्लब छाड्न पाउने छैनन्।
ट्रान्सफर मार्केटको चहल पहलसँगै क्लबहरुको सामर्थ्य हेर्दा रोनाल्डोलाई खरिद गर्न सक्ने थोरै मात्र क्लब रहेका छन्। त्यसमाथि पनि रोनाल्डोको स्टार अनुसारको खेलाडी चाहिएको क्लब निम्नानुसार छन्:
१. म्यानचेस्टर युनाइटेड:
आफ्नो सिनियर करियरलाई सुरुवात दिएको क्लब म्यानचेस्टर युनाइटेड उनको लागि उत्तम गन्तब्य हुन सक्छ। ८ वर्षअघि म्यानचेस्टर छाडेर रियल लागेका रोनाल्डोले ३ पटक प्रिमियर लिग र १ च्याम्पियन्स लिग उपाधि जितेका थिए। युनाइटेडले म्याड्रिडले मागे जति रकम दिन सकेको खण्डमा क्लब र खेलाडी दुवैको लागि यो उत्तम निर्णय सावित हुनेछ।
२. पेरिस सेन्ट जर्मन:
३२ वर्षीय रोनाल्डोलाई खरिद गर्ने सामर्थ्य राख्ने अर्को क्लब पीएसजि पनि हो। ज्लाटन इब्रहिमोभिचको अनुपस्थितिमा कभानीले गोल गर्ने जिम्मा लिएपनि पिएसजीको टोलीमा विश्वस्तरीय खेलाडीको कमि अझै छ। पछिल्ला सालहरुमा फ्रेन्च लिग जितिसकेको पिएसजी अब च्याम्पियन्स लिग जित्ने दाउमा छ। रोनाल्डोलाई खरिद गर्न सके पिएसजीको महत्वोकांक्षी योजना पनि सम्भव हुन सक्छ।
३. एसी मिलान:
भर्खरै नयाँ मालिक पाएको एसी मिलान हाल युरोपमा आफ्नो पुरानो छाप बसाउन संघर्षरत छ। इटालीको लिगमा शीर्ष ४मा अटाउन हम्मे परिरहेको अवस्थमा मिलानले खुलेर खर्च गरिरहेको छ। आफ्नो गुमेको प्रतिष्ठा जोगाउन रोनाल्डोको आगमन उत्तम हुने देखिन्छ। मिलानले यसै सिजन ३ महत्त्वपूर्ण खेलाडीलाई भित्र्याईसकेको छ।
४. चिनियाँ क्लब:
चिनका कुनैपनि क्लब अहिले पैसाको मामलामा पछि छैनन्। रोनाल्डोले यदि चिनमा गएर खेल्ने इच्छा जताएको खण्डमा थुप्रै क्लबहरु उनलाई क्लबमा भित्र्याउन तत्पर देखिन्छन्। तर रोनाल्डोले अझै केहि वर्ष युरोपमा खेलेर मात्र चिनतर्फ लाग्ने सोच बनाउने सम्भावना प्रबल छ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]