default_image

8 years ago

June 16, 2017

यू-२३ राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

65 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – असारको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि नेपालले तयारी सुरु गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट टोलीको प्रशिक्षण सुरु भएको हो।

कुल ३५ खेलाडीलाई बोलाइएकोमा पहिलो दिनको प्रशिक्षणमा १३ खेलाडीमात्र उपस्थित रहेका थिए।  टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको छ। राष्ट्रिय टोलीका ११ खेलाडीलाई विश्राम दिइएको र उनीहरुले आइतबारबाट प्रशिक्षण सुरु गर्ने टोलीका व्यवस्थापक एवं एन्फाका सहायक महासचिव संजिव मिश्रले जानकारी दिए।

पहिलो दिनको प्रशिक्षणमा गोलरक्षक एलन न्यौपाने, किशोर गिरि, रोमन रसाइली र अशोक बराल उपस्थित थिए।  अन्य खेलाडीहरुमा हेमन्त थापा मगर, तेज तामाङ, अमित तामाङ, पुजन उपरकोटी, अमर डंगोल, निरज बस्नेत, अनिल गुरुङ (जुनियर), सजिन थापा मगर र संजोग राइ उपस्थित रहेका थिए।

प्रशिक्षक मेघराज केसी इन्सट्रक्टर कोर्षका लागि जापानमा रहेकाले टोलीको प्रशिक्षण हाल राष्ट्रिय टोलीका प्रशिक्षक राजु काजी शाक्यले सम्हालेका छन्। केसी सोमबार नेपालआएसँगै उनले टोलीको प्रशिक्षणको जिम्मा लिनेछन्।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.