8 years ago
June 16, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को वार्म अप प्रतियोगिताको रुपमा हेरिएको फिफा कन्फेडेरेसन कप आगामी शनिबार बाट रसियामा सुरु हुँदैछ। ८ टोलीको सहभागिता रहने प्रतियोगिता करिब २ सातासम्म चल्नेछ। ६ महादेशका च्याम्पियनसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा यस पटक युरोपका तिन टोली रहेका छन्। सहभागीता जनाउने ८ टोली कुन-कुन हुन् त?
१.रसिया -आयोजक राष्ट्र
२. जर्मनी – फिफा विश्वकप विजेता
३. पोर्चुगल – युरो कप विजेता
४. अष्ट्रेलिया – एसियन कप विजेता
५. चिली – कोपा अमेरिका विजेता
६. क्यामरुन – अफ्रीका कप अफ नेसन्स विजेता
७. मेस्क्सिको – कोन्काकाफ गोल्ड कप विजेता
८. न्युजिल्याण्ड – ओसेनिया कप च्याम्पियन
सहभागी ८ राष्ट्रहरुलाई २ समूहमा विभाजन गरिएको छ। समुहको शीर्ष २ स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]