8 years ago
June 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’का खेलहरु यहि असार ३१ गतेदेखि संयुक्त अरब इमिरेट्समा (युएई) हुँदैछ।
नेपालसँगै समूहमा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असर ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेल श्रावण ४ गते लेबनानविरुद्ध हुनेछ।
नेपालको पहिलो २ खेल नेपाली समयानुसार रातको ८:१० बजे हुनेछ भने अन्तिम खेल रातको ११ बजे खेलिनेछ। छनोट चरणका सम्पूर्ण खेलहरु अल आइन सहरको ताह्नोन बिन मोहम्मद रंगशालामा खेलिनेछ।
नेपाली टोलीले उक्त छनोट प्रतियोगिताको लागि भोलिबाट प्रशिक्षण सुरु गर्ने एन्फा सीइओ इन्द्रमान तुलाधरले जानकारी दिए।
प्रतियोगिताको अन्तिम चरण चीनमा सन् २०१८को जनवरीमा आयोजना हुनेछ। समूहको शीर्षस्थानमा रहने टोलि स्वत: छनोट हुनेछ भने दोश्रो स्थानमा रहने शीर्ष ५ टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन्। यदि चीन पनि प्रतियोगितामा स्वत: छनोट भएमा दोश्रो स्थानमा रहेको छैटौं टोलीले मौका पाउनेछ। छनोटमा १० समूहमा ४० टोलीलाई बाँडिएको छ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]