default_image

8 years ago

June 15, 2017

एसेन्सियो म्याड्रिडमै बस्ने

89 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिस युवा मिडफिल्डर मार्को एसेन्सियोले रियल म्याड्रिडमा नयाँ सम्झौता गर्ने भएका छन्। विगतका दुइ सिजन मायोर्का र एस्पान्योलबाट लोनमा खेलेका एसेन्सियोले गत सिजन रियल म्याड्रिडका लागि ३८ खेल खेलेका थिए।

२१ वर्षीय एसेन्सियोले रियल म्याड्रिडका लागि सिजनको पहिलो र अन्तिम गोल पनि गरेका थिए। ३८ खेलमा उनले १० गोल र ४ अस्सिट प्रदान गर्दै जिनेदिन जिदानको रोजाइमा परेका हुन्। उनले सुरुवाती एघारमा निरन्तर मौका नपाएकाले अन्य क्लबहरुले उनलाई भित्र्याउने प्रयास गरिरहेका छन्। तर एसेन्सियोले भने रियलमै आफ्नो स्थानको लागि संघर्ष गर्ने निर्णय लिएका छन्। जिदानको रोजाइमा नपरेका हामेस रोड्रीग्वेजले क्लब छाड्ने लगभग पक्का भएसँगै उनले रियलमै बस्ने निर्णय लिएका हुन्।

इङ्गलिस क्लब लिभरपुल र आर्सनलले एसेन्सियोलाई क्लबमा भित्र्याउन चाहेको ब्रिटिस मिडियाले जनाएका छन्। लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले एसेन्सियोलाई आफ्नो मुख्य योजनामा सामेल गरेको र क्लबको आक्रमणमा उनको उपस्थितिले राम्रो नतिजा आउनेमा बोर्डलाई विश्वास दिलाएको बुझिएको छ। यता आर्सनल भने मेसुट ओजिल र एलेक्सिस स्यान्चेजलाई क्लबमा राख्न ठुला खेलाडी भित्र्याउने दबावमा रहेकाले एसेन्सियोलाई क्लबमा आबद्ध गर्ने प्रयासमा छ।

एसेन्सियोले म्याड्रिडमा नयाँ करार गरेमा उनको रिलिज क्लज ३ सय ५० मिलियन युरो भन्दा बढी हुने विश्लेषकहरुको बुझाई छ। स्पेनका यू-२१ टोलीका सदस्य रहेका एसेन्सियो म्याड्रिडको पहिलो टोलीका सदस्य रहेकाले उनको भाउ महँगो भएको हो। उनको नयाँ करारसँगै रियलले उनलाई सन् २०२३सम्म आफ्नो टोलीमा राख्नेछ।

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.