8 years ago
June 14, 2017
एजेन्सी – इङ्गलिस प्रिमीयर लिग अन्तर्गत सिजन २०१७/१८को खेलतालिका आज सार्वजनिक भएको छ। २० टोली सम्मिलित लिगमा प्रत्यक टोलीले कुल ३८ खेल खेल्नेछन्।
सिजनको पहिलो सातामा साविक विजेता चेल्सीले बर्नलीको सामना गर्दैछ भने गत सिजन दोश्रो स्थानमा रहेको टोटेनहम हट्स्परले यसै सिजन बढुवा भएको न्युकासल युनाइटेडको सामना गर्दैछ। म्यानचेस्टर सिटिले अर्को नयाँ क्लब ब्राइटन एण्ड होभ आल्बियनको सामना गर्नेछ।
आर्सनलले पहिलो खेल घरेलु मैदानमा लेस्टरसंग खेल्दैछ। जोसे मोउरिन्होको म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा वेष्ट ह्यामको सामना गर्दैछ। लिभरपुलले वाटफर्डको सामना गर्दा क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई सेल्हर्सट पार्कमा निम्तो दिनेछ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]