8 years ago
June 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पेरिस सेन्ट जर्मन एवं इटालियन राष्ट्रिय टोलीका मिडफिल्डर मार्को भेर्राट्टीलाई भित्र्याउन इंगलिस प्रिमिएर लिग च्याम्पियन चेल्सी र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा सुरु भएको छ।
सिजनको अन्त्यसंगै दुवै टोलि अर्को सिजनको लागि नयाँ खेलाडी भित्र्याउने कसरतमा जुटेका हुन्। सेन्टर मिडफिल्डमा केहि कम्जोर देखिएको दुवै टोलीले अर्को सिजनमा आफ्नो मुख्य खेलाडीको रुपमा मिडफिल्डर भेर्राट्टीलाई निशाना बनाएका छन्। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मिडफिल्डमा देखिएको कमीलाई पूर्ति गर्न भेर्राट्टी उपयुक्त खेलाडी रहेको र उनको आगमनसँगै नेमान्जा म्याटिच क्लब छाड्ने सम्भावना रहनेछ। कोन्टेले म्याटिच र कान्टे दुवै खेलाउँदा टोली एकदम रक्षात्मक रहेको टिप्पणी दिएका थिए।
उता बार्सिलोना भने जाभीले २०१५मा क्लब छाडेदेखि उनको सट्टामा खेल्ने खेलाडीको खोजिमा रहेको छ। पछिल्लो सिजन क्लबमा भित्रिएका आन्द्रे गोमेसले आशातित प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले भेर्राट्टीलाई भित्र्याउन खोजेको हो। भेर्राट्टी आफैंले पनि चेल्सीभन्दा बार्सिलोना रुचाएको बुझिएको छ। तर पीएसजिले चाहेको रकम तिरेको खण्डमा मात्र उनले क्लब परिवर्तन गर्न पाउनेछन्।
बार्सिलोनाले भेर्राट्टीलाई अनुबन्धन गर्न पिएसजीलाई ८८ मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरिरहेको बुझिएको छ। बार्सिलोनाका लेजेण्ड जाभीले पनि क्लबलाई जसरि भएपनि भेर्राट्टीलाई भित्र्याउन आव्हान गरेका छन्।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]