8 years ago
June 14, 2017
पेरिस(एजेन्सी) – मोनाकोका युवा स्ट्राइकर किलीयन बाप्पेले आफुलाई रियल म्याड्रिडले करिब ४ बर्ष अघि देखि म्याड्रिडमा बोलाएको खुलासा गरेका छन्। १८ वर्षीय बाप्पे यो सिजन पनि रियल म्याड्रिडको नजरमा छन् ।
मोनाकोसँग रहेर गत सिजन २४ गोल गर्दै फ्रान्सको लिग वन जिताउन मद्दत गरेका बाप्पेले रियलले आफु प्रति रुचि राखेको बताए। “म १४ बर्ष हुँदा रियलसँग खेल्ने प्रस्ताव पहिलो पटक आएको थियो। तर त्यस समयमा रियल जानु ठिक थिएन र म मेरो त्यस निर्णयप्रति खुसि छु।”, इङ्ल्याण्डविरुद्ध फ्रान्सको मैत्रीपूर्ण जितपछि पेरिसमा बाप्पेले पत्रकारहरुसँग भने ।
रियलको नजरमा परेका बाप्पेप्रति इङ्लिस क्लबहरुको पनि चासो छ । म्यानचेस्टर युनाइटेड, आर्सनल र लिभरपुल लगायतका क्लबहरु बाप्पेलाई भित्र्याउन कसरत गरिरहेका छन् ।
युरोपका ठूला क्लबलाई आकर्षण गरेका बाप्पेले भने आफ्नो भविष्यको बारेमा निर्णय गरिसकेका छैनन्। “मैले मेरो परिवारसँग सल्लाह गर्न बाकी छ । म अहीले मोनाकोसँग सम्झौतामा छु त्यसैले केहि भन्न सक्ने अवस्थामा छैन” , उनले थपे।
फ्रान्सको राष्ट्रिय टोलीका सदस्य रहेका बाप्पेले यसअघि रियल म्याड्रिड आफ्नो सपनाको क्लब रहेको बताउँदै आएका थिए। मोनाकोले भने विश्व कीर्तिमानी रकमको प्रस्ताव आएमात्र बाप्पेलै बिक्रि गर्ने बताउँदै आएको छ। बाप्पेलै फ्रान्सेली दिग्गज खेलाडी थिएरी हेनरीसंग तुलना गरिंदै आएको छ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]