8 years ago
June 14, 2017
काठमाडौँ – सन् १९८४मा साउदी अरेबियामा भएको एसियन कप छनोटमा पहिलो सहभागिता जनाएको नेपालले सन् २०१७सम्म आइपुग्दा ३० खेल खेलिसकेको छ। यसबिचमा नेपालले २ खेलमा जित हात पारेको छ भने २५ खेलमा हार व्येहोरेको छ। मंगलबार भएको यमनविरुद्धको गोलरहित बराबरी नेपालको तेश्रो बराबरी थियो।
१९ अक्टोबर १९८४मा सुरु भएको नेपालको एसियन कप छनोट यात्रा सुखद रहन सकेन। पहिलो खेलमा साउदी अरेबियासँग ७-०को हार व्येहोरेको नेपाल दोश्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग ४-०ले पराजित भयो। त्यसपछिका २ खेलमा नेपालले यूएईसँग ११-० र ओमानसँग ८-०ले पराजित भयो।
सन् १९८८को छनोट भने नेपालमै आयोजना भएको थियो। इरान, उत्तर कोरिया, सिरिया र हङकङ सहभागी भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेलमा हङकङसँग गोलरहित बराबरी खेल्यो। त्यसपछि उत्तर कोरियासँग १-०ले पराजित भएको नेपालले सिरिया र इरानसँग ३-०को हार व्येहोर्दै प्रतियोगिताबाट बाहिरियो।
सन १९९२को छनोटबाट नाम फिर्ता लिएको नेपालले सन १९९६को छनोट चरण खेल्न इरान पुगेको थियो। डबल राउण्ड रोबिन फर्म्याटमा खेलिएको छनोटमा नेपालले ६ ओटै खेलमा हार व्येहोर्यो। नेपालले इरानसँग ८-० र ४-०, ओमानसँग ७-० र २-१ र श्रीलंकासँग ३-१ र २-० पराजित भएको थियो। यस प्रतियोगितामा नेपालले २ गोल गरेको थियो भने एसियन कप छनोटको इतिहासमा नेपालको लागि नरेन्द्र श्रेष्ठले पहिलो गोल गरेका थिए। उनले श्रीलंका विरुद्धको खेलमा गोल गरेका थिए।
कुवेतमा आयोजित सन् २०००को छनोटमा नेपाल भुटान, यमन, कुवेत र तुर्कमेनिस्तानसँग समूह ५मा रहेको थियो। पहिलो खेलमा यमनसँग ३-०ले पराजित भएको नेपलली दोश्रो खेलमा भुटानलाई ३-०ले परजित गर्यो। एसियन कप छनोट इतिहासकै पहिलो जित हात पार्ने क्रममा नेपालका लागि बसन्त थापा, नरेश जोशी र निरञ्जन रायमाझीले गोल गरेका थिए। नेपालले अन्तिम २ खेलमा बने तुर्कमेनिस्तान र कुवेतसँग ५-०को हार व्येहोर्यो।
सन २००४को छनोट भने २ चरणमा खेलिएको थियो। प्रारम्भिक चरणमा अफगानिस्तानलाई ४-०ले पराजित गरेको नेपालले किर्गिस्तानसँग २-०को हार व्येहोर्यो। तर अफगानीस्तानले किर्गिस्तानलाई २-१ले पराजित गरेपछि नेपाल दोश्रो चरणमा पुग्यो। डबल राउण्ड रोबिनमा खेलिएको दोश्रो चरणमा नेपाल समूह ‘ई’मा ओमान, भिएतनाम र आयोजक दक्षिण कोरियासँग पर्यो। नेपालले समूह चरणको खेलमा ओमानसँग ७-० र ६-०, भिएतनामसँग ५-० र २-० र दक्षिण कोरियासँग १६-० र ७-०को हार व्येहोरेको थियो। दक्षिण कोरियासँग व्येहोरेको १६-०को हार नेपलको अहिलेसम्मकै ठुलो हार पनि हो।
सन २००७को एसियन कपमा नेपालले सहभागिता जनाएन। सन् २०११ र २०१५को संस्करणमा एएफसी च्यालेन्ज कपलाई छनोटको आधार मानिएपछि नेपालले छनोट चरणमा सहभागी हुन पाएन।
सन् २०१९को एसियन कप छनोटमा भने नेपाल प्रारम्भिक चरणमै भारतसँग पराजित हुन पुग्यो। एएफसीले फिफा विश्वकप २०१८ र एसियन कप २०१९को छनोट एकै खेलको नतिजाले हुने तय गरेको थियो। होम एण्ड अवे प्रणालीमा खेलिएको २ खेलमा नेपालले अवेमा २-०को हार व्येहोर्यो भने घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो। हारसँगै नेपाल छनोटको दोश्रो चरणमा पुग्न असफल रह्यो।
छनोट चरणमा पुग्न असफल टोलीहरुलाई समेटेर खेलिएको एएफसी सोलिडारिटी कपमा नेपालले उपाधि जितेसँगै नेपालले पुन: छनोट चरणमा प्रवेश पायो। ग्वाम र कुवेतले छनोट चरणमा सहभागिता जनाउन नसकेपछि एएफसीले सोलिडारिटी कपको फाइनलिस्ट टोलीलाई एसियन कप छनोटमा स्थान दिएको थियो।
छनोट चरणको पहिलो खेलमा फिलिपिन्ससँग ४-१ले पराजित रहेको नेपालले घरेलु मैदानमा खेलिएको दोश्रो खेलमा यमनसँग गोलरहित बराबरी खेल्यो।
एसियन कप छनोटको ३० खेल खेल्दासम्म नेपालले १० गोल हानेको छ भने १ सय २७ गोल खाएको छ। यसक्रममा २ जित, ३ बराबरी र २५ हारको नतिजा ल्याएको नेपाल पहिलो पटक छनोट हुने आशामा रहेको छ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]