8 years ago
June 14, 2017
ताजिकिस्तान (एजेन्सी) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत समुह ‘एफ’ को मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानलाई ३-४ ले हराउदै फिलिपिन्स शिर्षस्थानमा कायमै रहेको छ ।
फिलिपिन्सले फिल यङहस्बेन्डको २७औं मिनेटको गोलमा अग्रता लिएको थियो। प्याटिनोले ४१औं र ४८औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई ३-० ले अघि बढाएका थिए। घरेलु टोलीका उमारबाहेभको ६१औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कने संकेत दिए। भासिएभको ६१औं मिनेटको गोलले गोलअन्तर घटेपनि साटोले फिलिपिन्सकालागि ७९औं मिनेटमा गोल गर्दै जीत पक्का गरे। घरेलु टोली ताजिकिस्तानकालागि जालिलभले खेलको अन्तिम समयमा सान्त्वना गोल गरेका थिए ।
समुहमा पहिलो खेल आफ्नो घरेलु मैदानमा नेपालसँग ४-१ ले जितेको फिलिपिन्सको यो लगातार दोस्रो जीत हो । त्यस्तै दुइ खेलमा दोस्रो पराजय भोगेको ताजिकिस्तान समुहको पुछारमा छ । ४ अंक बोकेको यमन दोश्रो स्थानमा छ भने नेपाल १ अंकसहित तेश्रो स्थानमा रहेको छ।
खेलको भिडियो:
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]