default_image

8 years ago

June 14, 2017

रोनाल्डोको बिरुद्धमा कर छलीको मुद्दा दर्ता

114 views

0 Bookmark

स्पेन (एजेन्सी) – म्याड्रिड स्थित स्पेनिस न्यायाधिशहरुले रोनाल्डो माथि कर छलीको आरोप लगाउदै उनि विरुद्ध मुद्दा दर्ता गरेका छन् ।

रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाउदै मुद्दा चलाएको हो । “रोनाल्डोले २०१० मा बनाइएको व्यापारीक संरचनाको प्रयोग गर्दै आफ्नो स्पेनको आम्दानी लुकाएका छन्, ” न्यायाधिशहरुको प्रेस वक्तव्यमा उल्लेख छ ।

न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो बिरुद्धको मुद्दा अघि सारेका हुन् । रोनाल्डोमाथि ब्रिटिस भर्जिन आइल्याण्ड र आयरल्याण्डको कम्पनीसँग मिलेर कर छलीमा सामेल भएको आरोप छ  ।

रोनाल्डोले तीन बर्षको अवधिमा करिब ६ मिलियन युरो कर बुझाएका थिए । तर कर एजेन्सीका अनुसार उनले थप १५ मिलियन युरो बराबर कर छलेका छन् । कर एजेन्सीले रोनाल्डोविरुद्ध कर छलीको मुद्दा हाल्दै कम्तिमा ५ बर्ष जेल सजायको माग गरेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.