8 years ago
June 13, 2017
दिपेन्द्र पोखरेल
काठमाडौँ – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै थियो । दोस्रो हाफमा खेल चलिरहँदा यमनका खेलाडीहरुले बल नेपाली पोस्ट तर्फ अगाडी बढाए, तर त्यस आक्रमणको अन्तिम प्रहार किरणको ग्लोभ्समा पुग्यो । समर्थकहरुबाट राहतको तालि बज्यो ।
त्यतिकैमा किरणले बल सोझै टचलाइन बाहिर फालिदिए र यमनलाई थ्रो इन प्रहार गर्ने अवसर दिए । मुख्यतः कुनै खेलाडी मैदानमा ढल्दा त्यस खेलाडी प्रति रेफ्रीको ध्यानाकर्षण गर्न यस्तो गरिने भएकाले सबैले मैदान तर्फ हेर्दै कोहि घाइते भएको/नभएको नियाल्न थाले । त्यो तालीको आवाज अचानक आश्चर्यको मौनतामा बदलियो ।
त्यतिकैमा किरणले बिराजलाई इसारा गर्दै आफ्नो जुत्ताको तुना कस्न लगाए । समर्थकहरुले किरणले बल फाल्नुको कारण बल्ल बुझे र टोलीका कप्तान रहेका बिराज प्रति सम्मान स्वारुप फेरी दर्शकदिर्घा बाट तालीको आवाज गुन्जायमान भयो। किरणले रेफ्रीलाई ‘थम्ब्स अप’ दिएसँगै खेल सुचारु भयो अनि यमनी खेलाडीले बल थ्रो इन गर्दै किरणलाई पास दिए । यमनले ‘फेयर प्ले’को भावनालाई पालना गरेपछि नेपाली समर्थकहरुले पुनः यमनी फुटबल टोलीप्रतिको सम्मान स्वरूप ताली बजाए ।
यो सबै घटना १ मिनेटको अन्तरमा बितेको थियो र हलचोक स्थित एपीएफको रंगशालामा करिब हजारको संख्यामा उपस्थित समर्थकहरुले निकै उत्साहपुर्ण वातावरणको सिर्जना गरेका थिए ।
दुइ वर्षअघिको विनाशकारी भूकम्पले जिर्ण अवस्थामा रहेको दशरथ रंगशालाको पुनर्निर्माणमा सरकार, राखेप र एन्फाले ढिलाई गरेपछि हलचोकमा फुटबल गराउन बाध्य रहेको एन्फाले बढीमा ७०० भन्दा धेरै टिकेट बेच्न सकेन। दशरथ रंगशालामा १८ हजार समर्थक को बाक्लो उपस्थिति हुने गर्थ्यो तर हल्चोकमा भने ७०० टिकट खरिद गरेका समर्थक र एन्फाले निम्त्याएका केहि अतिथि गरेर करिब हजारको हाराहारीमा रहेका समर्थकहरुले मैदानमा राम्रो वातावरण सिर्जना गरे । रंगशालाको सिट क्षमताले धान्न नसकेपछि केहि दर्शक भुइँमा बसेर पनि खेलको मजा लुटिरहेका थिए।
यमनका प्रशिक्षक अब्राहम मेब्राटुले पनि नेपाली समर्थकबाट प्रभावित हुँदै खुलेर प्रशंसा गरे। यसअघि सन २०१३मा यु-२२ एसियन च्याम्पियनसिपको छनोट चरणको खेलमा यमनको ओलम्पिक टोलीको प्रशिक्षकका रुपमा काठमाडौँ आएका मेब्राटुले नेपालमा फुटबललाई माया गर्नेको ठुलो जमात रहेको बताए। यसरी विदेशी टोलीको नेतृत्व गरेर आउने धेरै जसो प्रशिक्षक एवं खेलाडीले नेपालको समर्थकहरुको तारिफ गर्ने गरेका छन् ।
दशरथ रंगशालाका १८ हजार समर्थक हुन् वा एन्फाको कृत्रिम मैदानमा अटाउने २५ सय दर्शक, नेपाली टोलीले घरेलु मैदानमा खेल्दा सधैं सम्पूर्ण सिटहरु समर्थकले भरिने गर्दछ। टिकट विक्रीको आव्हान गर्दा अग्रिम बुकिङमै प्राय सबै टिकट बिक्रि हुने गर्दछ । यस पटक १ हजार रुपैया प्रति टिकट तोकिँदा पनि रंगशालाका सबै सिट भरिएका थिए। ७०० टिकट मात्र बिक्रि गरिएपनि सीमित दर्शकहरुले पनि राम्रो वातावरण सिर्जना गरेका थिए ।
थोरै स्थान रहेको र टिकटको भाउ महँगो रहेकाले थुप्रै समर्थकहरु मैदानमा खेल हेर्नबाट बन्चित रहे । यसको नतिजा ओरपरको घरमा रहेको छत र बरण्डामा देखिएको भिडले पनि बखान गर्दथ्यो।
सन् २०१३मा भारतसँगको साफ च्याम्पियनसिपको खेलका दौरान मैदान भित्र रहेका १८ हजारको संख्यामा रहेका समर्थक भन्दा मैदान बाहिर टिकट नपाएर बसेका समर्थकको घुइँचो बढी देखिन्थ्यो। त्यो कुरा स्मरण गर्दा नेपालका सरोकारवाला निकायहरुले दशरथ रंगशालाको पुनर्निर्माण अथवा नया रंगशालाको निर्माण गर्दा त्यसमा लाग्ने लगानी खेर नजाने अनुमान जो कोहिले लगाउन सक्छ । त्यससँगै नेपाली समर्थकहरुको यो उत्साह र भावनाको उचित मूल्याङ्कन गर्दै सरकारले छिटो भन्दा छिटो एउटा स्तरीय रंगशाला तयार गर्दा नेपाली खेलकुदकै भलो हुने पक्का छ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]