8 years ago
June 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ। उक्त खेलमा नेपालका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) म्यान अफ द म्याच घोषित भएका छन्।
नेपालका लागि किरणले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई क्लिन सिट राख्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले पहिलो हाफमा केहि उत्कृष्ट बचाऊ गर्दै खेललाई बराबरीमा राख्न सफल रह्यो।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै किरणले भारतसँगको खेलले टोलीलाई केहि सहज भएको बताए। “फिलिपिन्सविरुद्धको खेलअघि हामीले राम्रो तयारी गर्न पाएका थिएनौं। तर, भारतसँग गतसाता खेलेको मैत्रीपूर्ण खेलले हामीलाई निकै सहयोग पुग्यो। आज केहि अवसरहरु सदुपयोग गरेको भए सायद नतिजा हाम्रोतर्फ हुन्थ्यो होला।”
उनले यस खेलमा राम्रो प्रदर्शन आउनुको कारण टोलीमा एक्यबद्धताको भावना र मेहनतका कारण सम्भव भएको बताए। उनले समर्थकहरुलाई पनि निरन्तर साथ् दिएकोमा विशेष धन्यवाद दिए।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]