8 years ago
June 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र यमनबीच एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीबाट भरत खवास र सुजल श्रेष्ठको उत्कृष्ट रहेको छ भने बाँकी खेलाडीको प्रदर्शन औसत मात्र रहेको थियो । एसियन कपको अघिल्लो चरण प्रवेशका लागि यमनसँगको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । तीन महिना अघि फिलिपिन्ससँग भएको पहिलो खेल नेपालले ४–१ ले गुमाएको थियो । अर्को तिर यमनले पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।
नेपालले २७ औं मिनेटमा गोलका लागि सबैभन्दा राम्रो अवसर पाएको थियो । तर, अनन्त तामाङ, सुजल र भरत खवास तीनै जनाले मौकाको उपयोग गर्न सकेनन् । अन्जन विष्टको कर्नरमा पोस्ट अगाडी खाली रहेका अनन्तले बल छुटाए त्यसपछि सुजल र अन्तमा भरतले पनि ट्याप गर्दा पुग्ने बल छुटाएपछि नेपालले अग्रता लिन सकेन । लगत्तै एक मिनेटपछि अन्जनलाई विपक्षी खेलाडी पेनाल्टी बक्सको बाहिर फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । त्यसमा सुजलको फ्रिकिक मानव पर्खालमा लागेर फर्कियो । ३६ औं मिनेटमा सुजलको लामो प्रहार विपक्षी किपरले सहजै रोके । त्यस्तै पहिलो हाफ हुन् एक मिनेट बाकी रहदा अन्जनको कर्नरले यमनको किपरलाई बिट गरेपनि भरतले हेडर कनेक्ट गर्न सकेनन् ।
त्यसअघि सातौं मिनेटमा मैदानको दायाँ भागमा सुजलले दिएको पासमा भरतको क्रस नवयुग श्रेष्ठले भेट्टाउन नसक्दा विपक्षीमाथिको सम्भावित संकट टरेको थियो । नवौं मिनेटमा सुजलको क्रस विपक्षी किपरले सहजै रोके । २४ औं मिनेटमा भरतको क्रसमा बल विमको माथिबाट बाहिरिएको थियो ।
यमनले पनि चारवटा प्रहार गरेपनि नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले सफल हुन दिएनन् । पाँचौं मिनेटमा अहमिद नबिल हजाईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले जोगाए । त्यस्तै यमनले १२ औं मिनेटमा उत्कृष्ट मुभ बनाउनका वावजुद गोल गर्न सकेन । अला मोहमद अब्दुलाह अल ससीको पासमा हजाईको वान भर्सेस वान प्रयासलाई किरणले लडेर जोगाएका थिए । खेलको २० मिनेटपछि भने नेपाली टोली हावी देखिएको थियो ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]