default_image

8 years ago

June 12, 2017

दशक पछिका रोनाल्डो

100 views

0 Bookmark

म्याड्रिड (एजेन्स) – स्पेनको रियल म्याड्रिड छाडेको झन्डै दशक पछि ब्राजिलियन फुटबल हस्ती रोनाल्डो रियल म्याड्रिड लेजेन्ड्सबाट पुनः खेलमा फर्कदा निकै फरक देखिएका छन् ।

ronaldo 10 years

२०१७ का रोनाल्डो (बायाँ) र २००४ का रोनाल्डो

व्यवसायिक फुटबल छाडेको ६ वर्ष पछि मैदानमा लेजेन्ड्सहरुको खेलमा देखिएका रोनाल्डोले ३३ मिनेट खेलेका थिए । त्यो खेलमा रियल लेजेन्ड्सले रोमाका पूर्व खेलाडीको टोलीमाथि ४–० को जित हासिल गरेको थियो ।

खेलमा राउल गोन्जालेज, लुइस फिगो , रोबोर्टो कार्लोस र मोरेनटेस खेलजीवनमा जस्तै फिट देखिएपनि रोनाल्डो भने पहिलाको भन्दा निकै भिन्न देखिए । रियल छोडेको दशक पछि रोनाल्डो निकै मोटाएका छन् ।

इङ्ल्यान्डका पूर्व प्रशिक्षक फाबियो कापेलोले प्रशिक्षकको रुपमा रियलमा बिताएको सिजनको बारेमा स्मरण गर्दै रोनाल्डोले तौल घटाउन कत्ति पनि कोसिस नगरेको भन्दै आलोचना गरेका थिए ।

सन् २००६ मा कापेलो रियलको प्रशिक्षक रहँदा रोनाल्डोको तौल ९६ केजी थियो । ब्राजिलबाट २००२ मा विश्व कप जित्दा उनको तौल ८४ केजी थियो । कापेलोले तौल घटाएर ९० केजी सम्म ल्याउन सुझाएपनि रोनाल्डोले सुझाव मानेनन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.